३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोठाटारस्थित नागेश्वर मन्दिरमा चोरी



अ+ अ-

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिनुभयो ।

आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएकाले जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब रु आठदेखि १० लाख रहेको जनाइएको छ ।

यहाँ मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो । पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको हो ।