२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकाको समृद्धिका लागि डिजिटल कुटनीतिको प्रयोगमा जोड



अ+ अ-

काठमाडौँ। इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित पहिलो ‘अफ्रिकी सामाजिक सञ्जाल इन्फ्लुएन्सर शिखर सम्मेलन’ ले अफ्रिका महाद्वीपको वास्तविक र सकारात्मक चित्रण विश्वसामु पुर्याउन डिजिटल कूटनीतिको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिएको छ ।

’राम्रो अफ्रिकाका लागि प्रभाव’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि सुरु भएको यस सम्मेलनमा ३० भन्दा बढी अफ्रिकी मुलुकका कन्टेन्ट क्रियटर (सामग्री निर्माता) र सञ्चार रणनीतिज्ञहरूको सहभागिता रहेको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै इथियोपियाली समाचार एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सेइफ डेरिबेले अफ्रिकाका बारेमा फैलिएका गलत सूचना र पुराना रुढिवादी धारणाहरूलाई चिर्न सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनु भयो ।

डेरिबेले सामाजिक सञ्जालका सामग्रीहरू विभाजन ल्याउने खालका नभई समुदाय निर्माण गर्ने, युवाहरूमा आशा र अवसरको सञ्चार गर्ने र अफ्रिकी सम्पदा एवं नवप्रवर्तनको प्रवद्र्धन गर्ने खालका हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिलाहरूको मर्यादा रक्षा र नेतृत्वको सम्मान गर्दै द्वन्द्वको सट्टा शान्ति र ध्रुवीकरणको सट्टा एकताका लागि डिजिटल माध्यमको प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । त्यसैगरी, घानाका प्रख्यात युट्युबर तथा कन्टेन्ट क्रियटर वोडे मायाले अफ्रिकीहरूले आफ्ना कथा आफैं भन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनमा प्रश्तुत गरिएको एक तथ्याङ्कअनुसार, गैर–अफ्रिकीहरूले निर्माण गरेको गलत भाष्य र भ्रमपूर्ण प्रचारका कारण अफ्रिकाले वार्षिक रूपमा करिव ४.२ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोर्नु परिरहेको छ ।

विश्वभरका ४० करोडभन्दा बढी दर्शकमाझ पहुँच पुर्याउने लक्ष्य राखिएको यस शिखर सम्मेलनले डिजिटल उद्यमशीलता, ज्ञान आदानप्रदान र अन्तर–अफ्रिकी साझेदारीलाई प्रवद्र्धन गर्ने उद्देश्य समेत राखेको छ ।सिन्ह्वा/ न्युज एजेन्सी नेपाल