७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली भूभाग कुनै पनि हालतमा नछोडिने’



अ+ अ-

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन छ भन्नुभयो । महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ भन्दै नेपाली काँग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको छ भन्नुभयो ।

उहाँले मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) नेपाली कांग्रेसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताउनुभयो । काँग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताँउदै महामन्त्री कोइरालाले रौतहटका नेपाली काँग्रेस नेता अफताव आलमको विषयमा मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने धारणा राख्नुभयो । उहाँले मुलुकको विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसको समर्थन बढिरहेको बताउनुभयो ।