३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आदर्शमा २०० सुरक्षाकर्मी खटिए

आदर्शमा २०० सुरक्षाकर्मी खटिए
अ+ अ-

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् । उक्त वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको गएको वर्ष जीप दुर्घटनामा परी निधन भएपछि वडाध्यक्ष पदका लागि अहिले उपनिर्वाचन हुनलागेको हो ।

जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्लाका अन्य प्रहरीचौकी तथा सुदूरपश्चिम प्रदेश गुल्मबाट थप सुरक्षाकर्मी झिकाई उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी निर्वाचनका लागि सशस्त्र प्रहरी बलको ३६ नम्बर गण दिपायलबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपती तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कूल २०० जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

उपनिर्वाचनका लागि सो गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । अहिले उक्त वडामा चुनावी तापमान निकै बढेको छ । आफ्ना उम्मेदवारका लागि राजनीतिक दलका नेता भोट माग्न गाउँमा छिरेका छन् । वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवारले यतिबेला मतदाता रिझाउन घरदैलोमा जोड दिएका छन् ।

उम्मेदवारले गाउँमा भएको खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विशेष पहल गर्ने भन्दै स्थानीयलाई रिझाउन थालेको बाझककानीका स्थानीय दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “उम्मेदवार विकास गर्ने भन्दै भोट माग्न गाउँ गाउँ छिर्न थालेका छन्, पार्टीभन्दा पनि हामी वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।”

वडाध्यक्ष पदका लागि स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने नेपाली काँग्रेसबाट महादेव साउद, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट रामबहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सबै उम्मेदवारले जनताको विकास गर्न कुनै हातलमा पछि नपर्ने दाबी गर्दै आएका छन् । भोट माग्नका लागि उम्मेदवार अहिले किसानका खेतबारी तथा घरघरमा पुग्न थालेको अर्का स्थानीय गोविन्द खड्काले बताउनुभयो । 

निर्वाचनमा मुख्यतया नेकपाका उम्मेदवार बोहरा र काँग्रेस उम्मेदवार साउदबीच प्रतिस्पर्धा देखिन्छ । मतदातालाई आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न नेकपा र काँग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतासमेत भोट माग्न लागि परेका छन् । नेताहरु गाउँमा आएपछि अहिले आदर्श गाउँपालिकामा चुनावको वातावरण निकै बढेको स्थानीयवासी बताउँछन् । यतिमात्र नभई उम्मेदवार खेतमा काम गरिरहेका किसानका खेतबारीमै पुगेर भोट माग्न थालेको अर्का स्थानीय टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “भोट माग्न नेता खेतबारीमै पुग्न थालेका छन्, नेताहरुसँग कुरा गर्दैमा दिन बित्न थालेको छ ।” अन्य दलका नेताहरुभन्दा पनि नेकपा र काँग्रेस नेताहरु बढीजसो भोट माग्न गाउँ पसेको स्थानीयवासीको भनाइ छ । उक्त वडामा कूल दुई हजार ५०० मतादाता रहेका छन् ।