२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ ले स्कटल्यान्डलाई हरायो



अ+ अ-

काठमाडौं। नेपालमा जारी पाँचौँ एकदिवसीय खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डलाई डकवर्थ लुइस (डीएलएस) पद्दतिका आधारमा ९ रनले पराजित गरेको छ।

नेपाल ‘ए’ ले चारमध्ये तीन खेल जित्दै श्रृंखला जितेको हो । घरेलु टोलीले पहिलो खेलमा स्क्टल्यान्डलाई ४५ र दोस्रो खेलमा अ‍ेमरिकालाई तीन विकेटले पराजित गर्‍यो । शनिबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा घरेलु टोलीबीचको खेल वर्षाका कारण ३४.५ ओभरमा बिचैमा रोकिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ ले ३४.५ ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनाउँदा खेल रोकिएको थियो।

नेपालका लागि सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा अविजित ८३ रन बनाए भने इशान पाण्डेले ५० रन बनाउँदै बलियो साथ दिएका थिए। त्यस्तै त्रित राज दासले २४ रन र बसिर अहमदले २० रन जोडे। खेल रोकिँदाको समयमा नेपाल डीएलएस नियम अनुसार पार स्कोरभन्दा ९ रनले अगाडि रहेका कारण विजयी घोषित भयो।

स्कटल्याण्डका लागि मार्क वाट, ब्राडली करी, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १-१ विकेट लिएका थिए।

 त्यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डका लागि जर्ज मुन्सेले आक्रामक ५१ बलमा ६२ रनको इनिङ्स खेलेका थिए। यस्तै माइकल इङ्लिसले अविजित ५६ रन र कप्तान रिचर्ड बेरिंगटनले ४० रनको योगदान दिए।

नेपालका लागि बलिङतर्फ आकाश चन्दले ९ ओभरमा ५९ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए। शेर मल्ल, बिपिन खत्री र पवन सर्राफले समान १-१ विकेट हात पारे।

अब नेपाल ‘ए ’ ले श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग खेल्ने तालिका छ । क्रिकेट विश्वकव लिग २ को पूर्वसन्ध्यामा यो प्रतियोगिता आयोजना गरिएको हो । आगामी सोमबारदेखि अमेरिका, स्कटल्यान्ड र नेपालले लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने तालिका छ ।