११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न ‘साइक्लिङ’: काभ्रेका खरेल प्रथम

बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न ‘साइक्लिङ’: काभ्रेका खरेल प्रथम
अ अ+ अ-

तनहुँ। बन्दीपुरका ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्दै साइक्लिङ रुटको प्रवर्द्धन गर्ने उद्देश्यले आज यहाँ साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ ।

बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइक्लिङ महासङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल प्रथम हुनुभएको छ । खरेलले करिब २२ किलोमिटर दूरी एक घण्टा १९ मिनेट आठ सेकेन्डमा पूरा गर्दै प्रथम हुनुभएको हो ।

निर्धारित दूरी २० मिनेट २६ सेकेन्डमा पार गर्दै तनहुँका सौगात अछामी द्वितीय र सुनसरीका सञ्जय राई एक घण्टा २६ मिनेट १६ सेकेन्डमा सोही दूरी पारी गर्दै तृतीय हुनुभयो ।

प्रतियोगितापछि बन्दीपुर बजारमा आयोजित कार्यक्रममा विजेता प्रतियोगीलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु पाँच हजारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ । त्यस्तै सहभागी सबैलाई रु तीन हजार प्रदान गरिएको बन्दीपुर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरलाई साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न पालिकाले विभिन्न प्रचारप्रसारसहित पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले साइक्लिङ प्रतियोगिताले पर्यटन प्रवर्द्धनसँगै स्वस्थ जीवनशैलीको सन्देश दिएको उल्लेख गर्नुभयो ।

ग्रामीण पर्यटकीय गन्तव्य तथा साइक्लिङ रुटको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै अध्यक्ष थापाले धरमपानीबाट बन्दीपुर बजारसम्मको मार्ग प्राकृतिक सौन्दर्य, पहाडी संस्कृति, घरबासलगायत आकर्षक गतिविधि समावेश गरिएकाले ग्रामीण जीवनशैलीले भरिपूर्ण रहेको उल्लेख गर्नुभयो । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उहाँको भनाइ छ ।

त्यसैगरी नेपाल साइक्लिङ महासङ्घका अध्यक्ष सुदिप पौडेलले बन्दीपुर क्षेत्र साहसिक खेल पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रियस्तरका थप प्रतियोगिता आयोजना गर्न सुझाव दिनुभयो ।

बन्दीपुरमा खासगरी प्राचिन पुरातात्विक महत्वको बन्दीपुर बजार, टुँडिखेल सहिद स्मारक, थानीमाई मन्दिर, खड्गमाई मन्दिर, बिन्दबासिनी मन्दिर मणिमुकुन्देश्वरी पदमार्ग (मिनी ग्रेट वाल), रानीवन, तीनधारा, पिकनिक स्पोर्ट, गुम्बा, रामकोट, धरमपानी, कोरीखाका होमस्टेहरू, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, मौरी पालन र च्याउ उत्पादनका लागि किट विकास कार्यक्रमलगायत स्थानहरू पर्यटकीय केन्द्रका रूपमा परिचित छन् ।

नेवारी, मगर, गुरुङ जातजातिको विभिन्न सांस्कृतिक भेषभुषा र रितिरिवाजको विविधता बन्दीपुरमा देख्न सकिन्छ । यहाँबाट धौलागिरि, अन्नपूर्ण माछापुच्छ्रे, मनास्लुलगायत दर्जनौँ हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

हिमालको लामो दृश्य एउटै रेन्ज एकै ‘फ्रेम’मा देखिने भएकाले पनि बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकहरू रमाउने गर्दछन् । गर्मीमा चिसो, जाडोको समयमा बिहानै घाम लाग्ने बन्दीपुरबाट पहाडका नागबेलीसमेत देख्न सकिन्छ । बन्दीपुरमा होटल सङ्घमा आबद्ध करिब ८० वटा होटल र १२ वटा घरबास सञ्चालनमा रहेका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुको डुम्रे बजारबाट एक किलोमिटर अगाडि बन्दीपुर गेटबाट आठ किलोमिटर यात्रा गर्दै यहाँ पुग्न सकिन्छ । अहिले बन्दीपुरको ठूलढुङ्गाबाट बरालथोकसम्म आउन केवलकारसमेत सञ्चालनमा आएको छ ।

केवलकारबाट आउँदा सात मिनेटमा यहाँ बन्दीपुर पुग्न सकिने भएकाले पर्यटकलाई यात्रा गर्न सहज भएको सरोकार भएकाहरूले बताएका छन् । रासस