• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

प्रधानमन्त्रीले राजिनामा दिने



श्रीलङ्का । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गर्नुभएको छ ।

राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनु भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गर्नु भएको हो ।

नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रसस्त गरिदिन उहाँले राजिनामा दिन लाग्नु भएको श्रीलङ्काको दैनिक पत्रिका डेलि मिररले लेखेको छ । राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गर्नुभएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको समाचारमा जनाइएको छ ।
स्थानीय समयानुसार बुधबार दिउसो ४ बजे बस्ने मन्त्रीपरिषद्को विषेश बैठकपछि उहाँले पद त्यागको घोषणा गर्नुहुने श्रीलङ्का दैनिकले लेखेको छ । विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्री परिषद् गठन गर्ने जनाइएको छ ।

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ । स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् ।

युनाइडेट नेस्नल पार्टी ९युडीपी०का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्नु भएका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बन्नु भएको हो । पराजित हुनुभएका प्रेमादास भने ५३ बर्षको हुनुहन्छ ।

नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो ।

आइतबार निर्वाचित राष्ट्रपति राजापाक्षेले सोमबार सपथ ग्रहण गर्नुभएको थियो । राजापाक्षे परिवारबाट राष्ट्रपति बन्ने उहाँ दोस्रो व्यक्ति हुनुभएको छ । यसअघि उहाँको परिवारबाट उहाँका दाई महिन्दा राजापाक्षे राष्ट्रपति बन्नु भएको थियो । उहाँले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्कामा राष्ट्रपतिको रुपमा देशको नेतृत्व गर्नु भएको थियो ।