१२ श्रावण २०८३, मंगलवार
,
Latest
भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा



फाइल फोटो
अ+ अ-

तनहुँ। जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि दमौलीमा हुने गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला महिला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

निकट भविष्यमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भलिबलको महिला तथा पुरुष टिम छनोट गर्ने उद्देश्यले यहाँ भलिबल प्रतियोगिता हुन लागेको हो ।

व्यास नगरपालिका–३ खुल्ला मैदानमा हुने प्रतियोगिताका लागि मैदान तयार भइसकेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि गण्डकी प्रदेशका १० वटा जिल्लाबाट महिला तथा पुरुष खेलाडी दमौली आउँदै छन् । त्यस्तै मनाङबाट भने पुरुष खेलाडीको सहभागिता नरहने र महिलाको मात्रै सहभागिता रहने पाण्डेले बताउनुभयो ।

छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा महिला पुरुष गरी २४० खेलाडी, २० प्रशिक्षक र २० अफिसियल उपस्थित हुनेछन् ।

पाण्डेले प्रतियोगितालाई गण्डकी प्रदेशका सबै जिल्लाका खेलाडीहरूको क्षमता उजागर गर्ने, उनीहरूबीच स्वस्थ प्रतिस्पर्धा विकास गर्ने र खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने एउटा साझा अभियानका रूपमा लिएको उल्लेख गर्नुभयो ।

पछिल्लो समय भलिबलमा युवा पुस्ताको आकर्षण बढ्दै गए पनि उनीहरूको प्रतिभालाई सही मञ्चमा पु¥याउने संरचनागत अवसर अझै पर्याप्त छैन । “हामीले धेरै प्रतिभाशाली खेलाडीहरू गाउँगाउँमा देखिरहेका छौँ ।

उनीहरूलाई नियमित प्रतियोगिता, उचित प्रशिक्षण र प्रतिस्पर्धात्मक वातावरणको अभाव छ”, उहाँले भन्नुभयो, “त्यसैले यो प्रतियोगिता उनीहरूका लागि एउटा महत्त्वपूर्ण अवसर हो, जहाँ उनीहरूले आफ्नो क्षमता प्रमाणित गर्न सक्छन् ।”रासस