२९ भाद्र २०८३, सोमबार
,
Latest
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादव स्वागत समारोहमा



अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा नेपालका लागि युरोपेली सङ्घ (इयू)का राजदूत भिरोनिक लरेन्जोले आज साँझ ललितपुरमा आयोजना गर्नुभएको विशेष स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा राजदूत लरेन्जोले ५२ वर्ष पुरानो इयू र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । शिक्षा र सीप विकासका माध्यमबाट नेपाली युवालाई रोजगारीका अवसर सृजना गर्न इयूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

नेपालको सामाजिक–आर्थिक विकासका साथै जलवायु परिवर्तनका प्रभाव घटाउन इयूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता राजदूत लरेन्जोले व्यक्त गर्नुभयो ।

समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, उद्योगपति–व्यापारीका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो । रासस