२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाइयो विश्व रेडक्रस दिवस



अ+ अ-

काठमाडौं । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व रेडक्रस दिवस मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मा र महामन्त्री मीनवहादुर मल्ल, सदस्य, रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठ र रेडक्रसको अन्तरराष्ट्रिय महासङ्घ नेपाल प्रमुख डेभिड फिसरले संयुक्त रूपमा झण्डोत्तोलन गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्माले नेपाल रेडक्रस सोसाइटीमा ठूलो सङ्ख्यामा युवा सहभागिता रहेको र युवाहरूलाई थप जिम्मेवारीसहित नेतृत्वमा ल्याउन पहल गरिरहेको बताउनुभयो । महामन्त्री मीनवहादुर मल्लले मानवीय सेवाका गतिविधिहरूलाई प्रभावकारी बनाउन रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूको आचारण र व्यवहारमा मानवता र ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी नेपालका प्रमुख डेभिड फिसरले विश्वमा रेडक्रस अभियान मानवीय सेवाका क्षेत्रमा एकबद्ध रहेको उल्लेख गर्नुभयो ।

थुप्रै चुनौतीहरूका बिचमा पनि नेपाल रेडक्रस सोसाइटीले भूकम्प, बाढीपहिरो तथा सुख्खा समयमा मानवीय सेवाका क्षेत्रमा गरेका कार्यहरू प्रशंसनीय रहेको उहाँको भनाइ थियो । दिवसका अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । जसमा १७ जनाले रक्तदान गर्नुभएको थियो ।