७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षभित्र घरघरमा बिजुली बल्छ : सांसद राई



अ+ अ-

सोलुखुम्बु । प्रतिनिधिसभाका सदस्य हेमकुमार राईले तीन वर्षभित्र सोलुखुम्बुको हरेक घरमा बिजुलीबत्ती पुग्ने बताउनुभएको छ । सोलुखुम्बुमा स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै सांसद राईले निर्वाचित भएदेखिनै निरन्तर रुपमा खटेर वितरण केन्द्र ल्याउन सफल भएको भन्दै अव “उज्यालो सोलुखुम्बु”को अभियान शुरु भएको बताउनुभयो ।

साथै उहाँले विगतको दिनमा सडक निर्माणको विवाद आउने गरेको जिल्लामा विद्युत्लाईन विस्तारको क्रममासमेत विवाद आउनसक्ने भन्दै सहयोगका लागि सबैलाई अनुरोध गर्नुभयो । जिल्लामा ग्रामीण विद्युतीकरणको लागि चालु आर्थिक वर्षमा खर्च हुनेगरी करीब रु ४७ करोड बजेट प्राप्त भएको छ । उक्त बजेटबाट पहिलोचरणमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, नेचा सल्लयान र थुलुङदूधकोशीमा ग्रामीण विद्युतीकरणको लागि काम हुने सांसद राईले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् सोलुखुम्बुलाई उज्यालो नबनाइ बाहिर नलानसमेत आग्रह गर्नुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभासदस्य उत्तमकुमार बस्नेतले विद्युत्बाट सञ्चालन हुने उद्योग तथा कलकारखाना तर्फ ध्यान दिने बेला भएको बताउनुभयो । विद्युत् नहुदा उद्योगसमेत स्थापना हुन नसकेको भन्दै सांसद बस्नेतले आगामी दिनमा यस तर्फ सबैले ध्यान दिँदै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।