३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ओरालै लयमा



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७८ विन्दुले घटेर २४६.८९ विन्दुमा पुगेको छ । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३६.१६, अन्य ०.६१ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४२, होटल १२.५३, विकास बैंक ७.३४, जलविद्युत् २.४४, वित्त १.०३, निर्जीवन बीमा २५.१६, उत्पादन ३२.४७, लघुवित्त ११.५३ र जीवन बीमा २०.५९ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ३० लाख ६७ हजार ६५४ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल बैंक लिमिटेड रु दुई करोड पाँच लाख ५८ हजार १२७, एनआइसी एशिया बैंक रु एक करोड २८ लाख ४१ हजार ४८७, साल्ट टेडिङ कर्पोरेशन रु एक करोड २० लाख ४२ हजार ९६७ र लुम्बिनी जनरल इन्स्योरेन्स रु ८६ लाख ९३ हजार ९२५ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज साल्ट टेडिङ कर्पोरेशनका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ९.९०, घोडाघोडी लघुवित्त ९.९०, आँखु खोला लघुवित्त ५.४५, कालिका पावर ५.०६, रिडी हाइड्रोपावर २.८६ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त ८.२०, लक्ष्मी लघुवित्त ५.५०, मिथला लघुवित्त वित्तीय संस्था ५.२५, माउण्टेन हाइड्रोका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन् ।