१२ श्रावण २०८३, मंगलवार
,
Latest
वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालमा पुस्तकालय’ विमोचित



अ+ अ-

काठमाडौं। भोलाकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपालमा पुस्तकालय’ आज केशर पुस्तकालयमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ ।

सो पुस्तकमा प्राचीन पुस्तकालयको इतिहास देखि लिच्छविकाल हुँदै वर्तमान समयसम्म नेपालका पुस्तकालयको इतिहास, अवस्था र विकासक्रम समेटिएको जनाइएको छ ।

उक्त पुस्तकलाई ‘वी रिड’ प्रकाशनले प्रकाशन गरेको हो । विमोचन कार्यक्रममा लेखक श्रेष्ठले पुस्तकमा नेपालमा पुस्तकालयको सम्पूर्ण विकासक्रम समेटिएको जानकारी दिनुभयो ।

त्यसैगरी, संविधानसभा सदस्य लीला न्याइच्याइले पुस्तकालयको महत्त्व तथा पठन संस्कृतिको विकासमा यस पुस्तकको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले अरुको इतिहास सङ्कलन, संरक्षण गर्ने पुस्तकालयको पनि आफ्नै उत्पत्ति, विकास इतिहास हुने धारणा राख्नुभयो ।

नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले पनि पुस्तकालयको महत्वबारे चर्चा गर्दै ‘नेपालमा पुस्तकालय’ पुस्तक पुस्तकालय इतिहाससम्बन्धी गहकिलो र महत्त्वपूर्ण कृति भएको उल्लेख गर्नुभयो । रासस




भर्खरै