२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ



अ+ अ-

काठमाडौँ।  कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक बुधबार गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ घर भइ कीर्तिपुर वर्ष २५ का महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगा बस्ने वर्ष २३ का रवीन्द्र धामी  र कैलालीको घोडाघोडी घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने वर्ष २२ का रोशन बिष्ट रहेका छन् ।

कर्तव्य ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आज अदालतमा पेस गरेको हो ।

उनीहरुविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो ।  रासस




भर्खरै