• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

दश महिनामा ८ लाख ४१ हजार रोजगारी थप



ब्राजिल । ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ ।
सो अवधिमा ब्राजिलले ८ लाख ४१ हजार भन्दा बढी रोजगारी सिर्जना गरेको र यो तथ्याङ्क गत वर्षको यसै अवधिको तुलनामा ६.४ प्रतिशतले बृद्धि भएको यहाँको अर्थ मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

मन्त्रालयको श्रम सचिवालयका अनुसार ब्राजिलको अर्थतन्त्रले अक्टोबरमा मात्र ७० हजार ८५२ रोजगारी सिर्जना गरेको छ । सन् २०१६ पछिको यो सबैभन्दा राम्रो सङ्ख्या भएको बताइएको छ ।
श्रम सचिवालयद्वारा विश्लेषण गरिएका विभिन्न आठ क्षेत्रहरूमा सन् २०१९ को पहिलो १० महिनामा रोजगारीका अवसरहरू सिर्जना गर्ने क्षेत्रहरु भने सेवा, निर्माण र पूर्वाधार निर्माणलगायतका छन् ।
रोजगारीको बढ्दो संख्याका कारण यहाँको बेरोजगारी दरमा पनि केही कमी आएको पाइएको छ । यो तथ्यांक हेर्दा पछिल्लो तीन महिनामा बेरोजगारी दरमा कमी आएको देखिएको छ ।