२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण



अ+ अ-

काठमाडौं । तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना र जीविकोपार्जन पुनःस्थापना कार्यक्रमअन्तर्गत प्रभावित समुदायलाई सिलाइ मेसिन वितरण गरिएको छ ।

ऋषिङ गाउँपालिका–१ का आयोजना प्रभावित महिलालाई लक्षित गर्दै वडा कार्यालयले उपलब्ध गराएको छ महिने सिलाइकटाइ तालिम सम्पन्न गरेका २५ जनालाई आयोजनाले प्रत्येकलाई एक–एक वटा सिलाइ मेसिन हस्तान्तरण गरेको हो । आज वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त सामग्री वितरण गरिएको थियो ।

आयोजना प्रमुख श्यामजी भण्डारीले यस्तो कार्यक्रमले स्थानीय महिलाको सीप विकाससँगै आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “आयोजनाले केवल भौतिक पूर्वाधार निर्माणमा मात्र होइन, प्रभावित समुदायको जीवनस्तर उकास्न पनि प्राथमिकता दिएको छ ।तालिमसँगै आवश्यक उपकरण उपलब्ध गराउँदा सहभागी महिलाले तत्कालै आफ्नो सीपलाई आयआर्जनमा रूपान्तरण गर्न सक्नेछन् ।”

भण्डारीका अनुसार, आयोजना प्रभावित क्षेत्रका नागरिकलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो ।

“जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै आयका वैकल्पिक अवसर सिर्जना गर्नु हाम्रो लक्ष्य हो”, उनले भने ।