७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा बहुप्राविधिक शिक्षालयमा निर्धारित कोटाभन्दा कम विद्यार्थी भर्ना



अ+ अ-

काठमाडाैँ । कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा निर्धारित कोटाभन्दा कम विद्यार्थी भर्ना भएका छन् । शुक्लाफाँटा नगरपालिका–१० अमरपुरस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा सञ्चालित शिक्षालयमा न्यून शुल्कमा घरदैलोमै प्राविधिक शिक्षा पाउने व्यवस्था भए पनि विद्यार्थीको अभाव छ ।

शिक्षालयमा डिप्लोमा इन फार्मेसी, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र अटोमोबाइल सम्बन्धि पठनपाठनको सुविधा छ । तीमध्ये अटोमोबाइल विषयमा हाल एउटा विद्यार्थी भर्ना भएका छैनन् । विद्यार्थी नै पढ्न नआएपछि अटोमोबाइलको पढाइ नै बन्द भएको छ । मेकानिकल इन्जिनियरिङतर्फ २४ जनाको कोटा भए पनि तीनै वर्षमा गरी जम्मा १५ विद्यार्थी मात्र अध्ययनरत छन् । विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दो क्रममा रहेको शिक्षालयको तथ्याङ्कले देखाउँछ ।

डिप्लोमा इन फार्मेसीमा ४० जनाको कोटा भए पनि पहिलो वर्ष ४० विद्यार्थी मात्रै भर्ना भएका छन् भने सिभिल इन्जिनियरिङको ४८ जनाको कोटामा पहिलो वर्ष १८ विद्यार्थी पढ्दै छन् । एसइई उत्तीर्ण गरेपछि धेरैजसो विद्यार्थी अध्ययन गर्न विदेश जाने गरेका छन् । देशभरका अन्य शिक्षालयतर्फ आकर्षित भएकाले स्थानीयस्तरका शिक्षालयमा विद्यार्थी अभाव देखिएको फार्मेसी कार्यक्रमका संयोजक ललितमोहन कलौनीले बताउनुभयो । उहाँका अनुसार शिक्षालयले केही लक्षित वर्गका र जेहन्दार विद्यार्थीलाई आवासीय सुविधासहित पूर्ण रूपमा निःशुल्क पढाउने र यातायात खर्चसमेत दिने व्यवस्था गरे पनि विद्यार्थीको आकर्षण बढ्न सकेको छैन ।

शिक्षालयमा विद्यार्थीको अभाव मात्र होइन, भौतिक पूर्वाधारको अवस्था पनि दयनीय छ । निमित्त शिक्षालय प्रमुख अञ्जन सापकोटाका अनुसार हाल शिक्षालयमा ११ कोठा भएको एउटा मात्र भवन उपलब्ध छ । पर्याप्त कोठा नहुँदा एउटै कोठामा पुस्तकालय, कार्यकक्ष र कम्प्युटर ल्याब सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । छुट्टाछुट्टै कोठा नहुँदा प्रयोगशाला, स्टाफ रुम र कार्यालय कक्षलाई व्यवस्थित गर्न सकिएको छैन भने शिक्षालयमा छात्रवास, क्यान्टिन, साइकल स्ट्यान्ड र घेर पर्खालको समेत अभाव छ ।

त्यस्तै, सनवोरा नदीले शिक्षालयको जग्गा कटान गरिरहेको छ । त्यसको पनि रोकथाम हुन नसकेको प्रमुख सापकोटा बताउँछन्। बाइस शिक्षक तथा कर्मचारी कार्यरत रहेको यस शिक्षालयको विकासका लागि रु एक अर्बभन्दा बढीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको भए पनि त्यसअनुरुपका भौतिक संरचना हालसम्म बन्न सकेका छैनन् । एकातिर पूर्वाधारको कमी र अर्कोतिर विद्यार्थीको घट्दो सङ्ख्याले गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने सरकारी लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।