२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा कलेज बस दुर्घटनामा चार जना घाइते



अ+ अ-

काठमाडाैँ । झापामा शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

ब्याङडाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ मा रहेको इको होम कलेजको प्रदेश १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा चालकसहित पाँच जना सवार थिए ।

घाइते हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षीय सहचालक प्रकाश सिल्वाल, शिवसताक्षी नगरपालिका–८ का १८ वर्षीय इसान पक्वाल, सोही स्थानका १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेट्वाल रहेका छन् । उनीहरूको विर्तासिटी अस्पताल, विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।