५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिसँग मियोसको शिष्टाचार भेटवार्ता



अ+ अ-

काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध कायम रही आएको बताउनुभयो ।

“लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्”, उहाँले भन्नुभयो, “विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।”

नर्वेले बहुपक्षीय मञ्चहरूमा राष्ट्रसङ्घीय शान्ति कार्य तथा जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय मुद्दामा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा नेपाल–नर्वे सम्बन्धमा नयाँ आयाम थपिँदै जाने र सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गर्नुभयो ।

राजदूत मियोसले नेपाल र नर्वेको संविधानमा लोकतन्त्र, मानवअधिकार तथा सामाजिक न्यायजस्ता साझा मूल्यहरू रहेको उल्लेख गर्दै शिक्षा, ऊर्जा, सुशासन, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा दुवै मुलुकले सहकार्य गर्नसक्ने बताउनुभयो । राजदूत मियोसले नेपाल सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धतापत्रमा समावेश मुद्दाहरूमा नर्वे सहकार्य गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।