१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

रसुवकाे गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु

रसुवकाे गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
अ अ+ अ-

काठमाडाैँ । रसुवाकाे आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङमा रेन्बो ट्राउट माछापालन सुरू गरिएको छ । हिमाली गाउँमा कृषि तथा पर्यटनलाई जोड्दै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले स्थानीय व्यवसायीले माछापालन सुरु गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकलाई लक्षित गरी होटल परिसरमै ट्राउट माछापालन सुरु गरिएको हो ।

होटल सञ्चालक तथा माछापालक सुजन तामाङका अनुसार पाहुनाको रूचिअनुसार ताजा माछाका परिकार ख्वाउन थालेपछि पर्यटक आकर्षित भएका छन् । समुद्र सतहदेखि करिब २६०० मिटर उचाइमा रहेको चिसोपानीमा पालिएको रेन्बो ट्राउट माछा अन्य स्थानको भन्दा स्वादिलो भएको माछाका पारखी मार लामा तामाङ बताउँछन्।

काठमाडौँबाट दैनिक बस सेवा सञ्चालनमा आएकाले ज्येष्ठ नागरिक, विद्यार्थी तथा प्रकृति अध्ययनमा रुचि राख्ने युवाका लागि गतलाङ पुग्न सहज बनेको छ । मिश्रित वनस्पति, जैविक विविधता र हिमाली वातावरणको अवलोकन गर्न युवापुस्ता बढी आकर्षित हुन थालेको स्थानीयवासीले बताएका छन् ।

गतलाङमा होमस्टेसमेत सञ्चालन हुन थालेका छन् । तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने गतलाङ हाल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ उत्पादित सिमीको दाल, सिस्नुको तरकारी, मकै र फापरको ढिँडोजस्ता स्थानीय परिकारसँगै ताजा ट्राउट माछाले पर्यटकलाई विशेष स्वाद दिलाउन थालेको छ । स्थानीय फुर्पु तामाङका अनुसार गतलाङ पुग्ने अधिकांश पर्यटक खुसी र सन्तुष्ट भएर फर्कने गरेका छन् ।