५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल एक हजार ३२६ जना नयाँ मतदाताले मतदता नामावलीमा नाम दर्ता गरेका छन् । तीमध्ये एक हजार ४८ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा र २७८ जनाले अनलाइन तथा कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।

निर्वाचन कार्यालयले चैत २२ गतेदेखि मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिन आग्रह गरेपछि जिल्ला निर्वाचन कार्यालयमा भीड लाग्न थालेको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । उनले दैनिक २० देखि २५ जना दैनिक रूपमा मतदाता नामावलीमा नाम दर्ताका लागि कार्यालयमा आइरहेको जानकारी दिँदै युवा उमेरका मतदाताले अनलाइनबाट आवेदन दिएको उल्लेख गरे । अधिकांश आवेदन दिने २० देखि ४० वर्षसम्मका छन् ।

शाहीका अनुसार मतदाता नामावलीका लागि भौतिक रूपमा उपस्थित हुनेसँगै अनलाइनबाट आवेदन दिने धेरै छन् । “मतदाता नामावलीमा छुटेका देखिन्छन् त्यसैले आवेदन खुला गरिएको छ”, जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख शाहीले भने।

प्रमुख शाहीले यो सङ्ख्या बढ्दै जाने उल्लेख गर्दै अनलाइनबाट नै त्रुटि सच्च्याउने तथा अद्यावधिक गर्ने कार्य भइरहेको बताए। शाहीले अहिले त्रुटि सच्च्याउने तथा अद्यावधिक गर्नका लागि समय धेरै नलाग्ने उल्लेख गरे ।