२९ भाद्र २०८३, सोमबार
,
Latest
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट



अ+ अ-

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ७११ दशमलव २२ बिन्दुमा कायम भएको हो ।

आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा रु तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १६, वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव २२, लगानी शून्य दशमलव ४०, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १३ दशमलव ७४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९० प्रतिशतले घटेको छ ।