२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयमा प्रहरी इकाइ राख्ने सरकारको घोषणाविरुद्ध नेविसंघको चित्रकला प्रतियोगिता



अ+ अ-

काठमाडौँ । विघटित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन निषेध गर्ने र प्रहरी इकाइ स्थापना गर्ने सरकारी घोषणाको विरोधमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

सरकारले विश्वविद्यालयमा प्रहरी इकाइ स्थापना गर्ने निर्णयले शैक्षिक वातावरणमा भय र त्रास सिर्जना हुने भन्दै त्यसको विरोधस्वरूप प्रतियोगिता आयोजना गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सचिव हिमाञ्चल घिमिरेले जानकारी दिए ।

उनका अनुसार शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा कायम राख्नुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको हो । सरकारको सयदिने कार्यसूचीको ८६ नम्बर बुँदामा विश्वविद्यालयहरूमा विद्यार्थी संगठन खारेज गर्ने र त्यसका लागि प्रहरी इकाइ स्थापना गर्ने उल्लेख रहेको भन्दै त्यसको खारेजीको माग पनि गरिएको उनले बताए ।

प्रतियोगितामा ४५ जना चित्रकार सहभागी भएका छन् । प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको नतिजा आजै वा भोलिसम्म सार्वजनिक गरिने घिमिरेले जानकारी दिए।