२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण



अ+ अ-

काठमाडाैँ । वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनको  स्थलगत प्रदुषण स्तर मापनका लागि स्थलगत जाँच अभियान सुरू गरेको छ ।

विभागले बुधवार काठमाडौंको बबरमहलमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदुषण परीक्षण गरेको हो । काठमाडौं महानगरपालिकाको संयोजन तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको संयुक्त सहकार्यमा यो जाँच प्रक्रिया अघि बढाइएको हो ।

स्थलगत जाँचका क्रममा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँको अवस्थाका अतिरिक्त ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्था र आवश्यक कागजातहरूको समेत सूक्ष्म निरीक्षण गरिरहेको विभागले जनाएको छ । विद्यमान कानूनी व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधनले प्रत्येक ६–६ महिनामा र साना तथा मझौला सवारीसाधनले वर्षमा एक पटक यातायात कार्यालयमा अनिवार्य प्राविधिक जाँच गराउनुपर्ने प्रावधान छ ।

परीक्षणका क्रममा प्रदुषण मापदण्ड पूरा गर्न नसकेका सवारीसाधनलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । प्रदुषण परीक्षणमा असफल भएका सवारीसाधनको रुट इजाजत मापदण्ड उत्तिर्ण नहुन्जेलसम्मका लागि निलम्वन गरिने प्रावधान रहेको छ ।

त्यस्ता सवारीसाधनले आफूसँग रहेका यात्रुहरूलाई अन्तिम गन्तव्यसम्म पु¥याएपछि पुनः सडकमा गुडाउन पाउने छैनन् । सवारी धनीले आवश्यक मर्मतसम्भारपश्चात पुनः प्रदुषण जाँच गराएर मापदण्ड पूरा गरेको सुनिश्चित भएपछि मात्र सवारीसाधन सञ्चालनको अनुमति पाउने विभागले जनाएको छ । वातावरण संरक्षण र सहरी प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ ।