१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा
अ अ+ अ-

काठमाडाैँ । नेपाल प्रहरीका बहालवाला तथा पूर्व कर्मचारी, तिनका परिवार र सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइने भएको छ । यसका लागि नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच सम्झौता भएको छ । सातै प्रदेशमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने ती दुई निकायबीचमा भएको सम्झौता अनुसार कोशी प्रदेशबाट यस अभियानको सुरुआत गरिएको छ ।

नेपाल प्रहरी कोशी प्रदेश कार्यालयको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालको प्राविधिक सहकार्यमा प्रहरी कर्मचारी, तिनका परिवार तथा पूर्वप्रहरी कर्मचारीका लागि मङ्गलबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २९९ जनाको आँखा परीक्षण गरिएको थियो ।

यस क्रममा ११२ जनामा दृष्टिदोष पहिचान भएको थियो भने २६० जनालाई आवश्यक औषधि वितरण गरिएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, ६४ जनालाई निःशुल्क चस्मासहित आँखा स्वास्थ्य सेवा प्रदान गरिएको थियो । कार्यक्रमको शुभारम्भ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे तथा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्दले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले निःस्वार्थ भावनाका साथ सेवा प्रदान गर्दै शिविरलाई सफल बनाउन योगदान पु¥याउने विशेषज्ञ चिकित्सक, प्राविधिक टोली तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरे।

त्यसैगरी, नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यस्ता स्वास्थ्य शिविरमार्फत विभिन्न आँखासम्बन्धी समस्या समयमै पहिचान भई उपचार तथा परामर्श प्राप्त हुने भएकाले प्रहरी कर्मचारी तथा प्रहरी परिवारको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शिविरमा विराटनगर आँखा अस्पतालका प्राविधिक टोलीसहित अस्पताल प्रबन्धक कुमार पृथुकोसमेत उपस्थिति थियो । नेपाल नेत्रज्योति सङ्घले विगत करिब पाँच दशकदेखि देशभर गुणस्तरीय, तथा सर्वसुलभ आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

सङ्घमार्फत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ ।