१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

पूर्वविशिष्ट पदाधिकारीको सुविधा विवरण माग्दै सरकार, दोहोरो लाभ नियन्त्रणमा कडाइ

पूर्वविशिष्ट पदाधिकारीको सुविधा विवरण माग्दै सरकार, दोहोरो लाभ नियन्त्रणमा कडाइ
अ अ+ अ-

काठमाडौ । राज्यकोषबाट दोहोरो तथा असीमित सुविधाको प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार सक्रिय देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गर्दै आएका सवारी साधनसम्बन्धी यथार्थ विवरण तत्काल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयले गरेको पछिल्लो अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको सीमाभन्दा बढी सवारी साधन प्रयोग गरिरहेको वा विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि गृह मन्त्रालयसँग विस्तृत विवरण माग गरिएको हो। यसअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले प्रयोग गरिरहेका सुविधा र सवारी साधनको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन स्पष्ट निर्देशन दिइएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार राज्य स्रोतको दुरुपयोग रोक्ने र प्रशासनिक प्रणालीमा पारदर्शिता कायम गर्ने उद्देश्यले यो कदम चालिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन सुदृढ बनाउन सरकारले कडाइका साथ विवरण माग गरेको बताउनुभयो।

उहाँका अनुसार कानुनले तोकेको मापदण्डभन्दा बाहिर गएर लिइएका सुविधा पहिचान गरी आवश्यक सुधार गर्ने तथा प्रणालीलाई अझ व्यवस्थित बनाउने सरकारको योजना छ।

विगत लामो समयदेखि पूर्वविशिष्ट पदाधिकारीहरूले मापदण्डविपरीत सरकारी स्रोतसाधन प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेका बेला सरकारले थालेको यो पहललाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। गृह मन्त्रालयबाट प्राप्त विवरणका आधारमा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र समग्र व्यवस्थापन प्रणालीलाई पुनःसंरचना गर्ने तयारी सरकारको छ।