३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देश विकासको प्रमुख आधार खेदकूद’



अ+ अ-

इटहरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेदकूदलाई देश विकासको प्रमुख आधार बनाउनुपर्ने बताउनुभएको छ । मोरङको बेलबारीमा आयोजित नोबेल अन्तरराष्ट्रिय सितेरियो कराते प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदको माध्यमबाट सभ्य नागरिक उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो ।

“युवा र बालबालिकालाई खेलकूदप्रति आकर्षित गर्नुपर्छ”, मुख्यमन्त्री राईले भन्नुभयो । खेल आयोजनाबाट भ्रमण वर्षलाई सहयोग पुग्ने उहाँको भनाइ थियो । खेलकूदका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको भन्दै उहाँले सातवटै प्रदेशमा खेलकूद प्रतियोगिताका लागि रकम विनियोजन गरिएको बताउनुभयो । सितोरियो कराते प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, भूटान र बङ्गलादेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आयोजना बेलबारी सितोरियो कराते महासङ्घले गरेको हो ।




भर्खरै