२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्ण जयन्ती मनाउने तयारी गरेको बहिरा बालमाध्यमिक विद्यालयलाई शिक्षण सामग्रीको अभाव



अ+ अ-

भैरहवा। श्रवण शक्ति कमजोर तथा कान नसुन्ने बालबालिकालाई शिक्षा दिने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना गरिएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउँदै छ ।

विशेष शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको विद्यालय अहिले लुम्बिनी प्रदेशकै एकमात्र यस्तो विद्यालयका रूपमा परिचित छ ।

विसं २०३२ सालमा तत्कालीन सिद्धार्थनगर नगरपालिका–२ मा स्थापना भएको विद्यालयमा हाल पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयमा नेपालका ३६ जिल्ला र भारतका विभिन्न स्थानबाट आएका गरी २४३ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये १३५ विद्यार्थी छात्रावासमा बस्दै आएका छन् ।

विद्यालयका प्राचार्य भीमबहादुर थापाले सीमित स्रोतसाधनका बीच पनि विद्यालयले विशेष आवश्यकता भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको जानाकारी दिनुभयो । उहाँका अनुसार, विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

विद्यालयले औपचारिक शिक्षासँगै सिलाइकटाइलगायतका सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ । विद्यार्थीको आवतजावत सहज बनाउन दुईवटा बसमार्फत यातायात सुविधा उपलब्ध गराइएको छ ।

प्राचार्य थापाले खेलमैदान, आधुनिक विज्ञान प्रयोगशाला, छात्रावास विस्तार र विद्यार्थीमैत्री शिक्षण सामग्रीको अभाव रहेको उल्लेख गर्दै तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउनभयो ।

पाँच दशक पूरा गरेको विद्यालयले विशेष शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई स्थानीयवासीले प्रशंसनीय उपलब्धिका रूपमा लिएका छन् । रासस




भर्खरै