१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

गए डोकामा पानी बोक्ने दुःख

गए डोकामा पानी बोक्ने दुःख
अ अ+ अ-

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्कनुपथ्र्यो । गाउँमा खानेपानीको चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो ।

“उठ्न नपाउँदै कसरी खानेपानी व्यवस्थापन गर्ने भन्ने पीरले साह्रै सताउँथ्यो,” आलेले भन्नुभयो, “घरबाट तीन घण्टा हिँडेर डोकोमा पानी बोक्नुपर्ने दुःख शब्दमा बयान गर्न सक्दिन ।” तर, अहिले घरमै खानेपानी धारा जडान भएपछि भने आलेको दैनिकी बदलिएको छ । खानेपानी व्यवस्था गर्न डोको बोकेर तीन घण्टा हिँड्नुपर्ने दुःखको दिन अब आलेलाई छैन । घरमै भएको धारा खोलेपछि पानी आएको देख्दा आलेलाई सपना जस्तै लागेको छ । “घरमै पानी आउला र जस्तो लाग्थ्यो,” आलेले भन्नुभयो, “घरमै धारा जडान भएपछि साह्रै खुशी लागेको छ ।”

घरमा खानेपानी धारा जडानपछि सोही ठाउँका ५८ वर्षीया सिरमाया थापाको मुहारमा पनि खुशी छाएको छ । खानेपानीको अभावले बिहानै कुवामा पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था अन्त्य भएपछि थापाले भन्नुभयो, “खानेपानीका लागि जे जस्तो दुःख गरियो, अब त्यस्तो दुःखको दिन नआओस् ।”

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत डाँडाखुदी गैह्राखुदी खानेपानी आयोजना निर्माणपछि यहाँका स्थानीयवासी हर्षित छन् । नेपाल सरकारको रु ५९ लाख ९२ हजार र स्थानीय उपभोक्ताको रु १३ लाख ८० हजार गरी कूल रु ७३ लाख ७२ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको डिभिजन प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७०/७१ मा डिपिआर भएको उक्त आयोजना २०७१/७२ मा निर्माणको चरणमा गएको थियो । आयोजनाको डिपिआर तयार गर्दा रु ९९ लाख ९६ हजार १२० लागत लाग्ने अनुमान गरिए पनि अनुमानभन्दा कम लागतमै आयोजना निर्माण सम्पन्न भएको हो ।

आयोजनामार्फत ७७ घरधुरी, एक विद्यालय र एक संस्थामा खानेपानी सुविधा पुगेको छ । आयोजनाबाट ५७६ जना लाभान्वित भएको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दीपक रानाले जानकारी दिनुभयो । रानाका अनुसार घरघरमै धारा जडान भएपछि स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको बताउनुभयो ।

दीपक निम्न माविका शिक्षक देवबहादुर थापाले विद्यालयमा धारा जडानपछि विद्यार्थीलाई खानेपानी सहज भएको जानकारी दिनुभयो । खानेपानी सुविधा नहुँदासम्म शिक्षकहरुले नै डोकोमा बोकेर विद्यालयमा खानेपानी व्यवस्था गर्दै आएका थिए । विद्यालयका पूर्वप्रधानाध्यापक एवं स्थानीयवासी डम्बरसिंह थापाले सपनामा पनि डोको बोकेको देख्ने यहाँका स्थानीयवासीलाई खानेपानी सुविधा आएपछि यस्तो दिन पनि आउँछ र भन्ने लागेको बताउनुभयो ।

‘लिफ्ट’ प्रविधिमा आधारित उक्त खानेपानी आयोजनाका लागि २० हजार लिटर क्षमताको दुईवटा ट्याङ्की निर्माण गरिएको छ । ७५० मिटर प्रसारण लाइन रहेको आयोजनाको उचाइ मुहानदेखि पानी ट्याङ्कीसम्म १५० मिटर रहेको छ भने वितरण लाइन चार हजार १५० मिटर रहेको छ । यस प्रविधिमा आधारित खानेपानी आयोजना भएकाले मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख तिमिल्सिनाले बताउनुभयो ।