२४ भाद्र २०८३, बुधबार
,
Latest
‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय सम्मेलनको तयारीमा सुदूरपश्चिम प्रदेश



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र गर्ने लगानी सम्मेलनलाई टेवा पुर्याउन यही मङ्सिर २० गते वित्तीय सम्मेलन आयोजनाको तयारी गरेको छ ।

वित्तीय पहुँचवृद्धिका लागि सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाइ आर्थिक विकास गर्ने लक्ष्यले पहिलो पटक वित्तीय सम्मेलन गर्न लागिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिनेश पाण्डेले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा लगानीयोग्य वातावरण निर्माण गर्दै लगानीकर्तालाई आकर्षित गराउन लागनी सम्मेलन गर्ने प्रदेश सरकारको नीति छ । वित्तीय सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहने जनाइएको छ ।

यो प्रदेशका ८८ मध्ये ८४ वटा पालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । पहाडी क्षेत्रको बझाङ र बाजुराका चार पालिकामा सो बैंकको पहुँच पुग्न बाँकी छ ।