२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नंं १ लाई मुख्य पर्यटकस्थल बाइने : मुख्यमन्त्री राई



अ+ अ-

विराटनगर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं १ सरकार यहाँका विशेष स्थानहरुको परिचय खुलाउनमा व्यस्त देखिएको छ । नेपालको सबैभन्दा गहिरो स्थान झापाको केचनाकबल र विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा पनि यसै प्रदेशमा पर्ने भएकाले पनि प्रदेश नं १ लाई पर्यटकीय गन्तव्य स्थल बनाउन सकिने प्रदेश सरकारको अठोट छ ।

कोशी वन्यजन्तु आरक्षण क्षेत्र, चिया खेती, अलैँची, सुन्तला, देशकै सबैभन्दा ठूलो प्राकृतिक पोखरी बर्जुताल, रुद्राक्ष र विभिन्न प्रजातिका लालीगुराँस फुल्ने क्षेत्र र अन्य साना हिमाल, पहाड, मधेश वनजङ्गल र प्राकृतिक सौन्दर्यता भरिपूर्ण अन्य धेरै स्थानको खोजी र पहिचानमा प्रदेश सरकार लागिपरेको छ । धार्मिक दृष्टिले पनि बराह क्षेत्रदेखि पाथीभरामाईको मन्दिर यस प्रदेशमा हुनुले सबै किसिमको पर्यटकलाई लोभ्याउन सकिने आज यहाँ एक समारोहमा सरकारका प्रतिनिधिहरुले उद्घोष गरेका छन् ।

पर्यटन वर्षलाई सफल बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज यहाँ ‘पर्यटक र अतिथिको सत्कार प्रदेश नं १ को संस्कार’ विषयक कार्यक्रमको आयोजना गरी विभिन्न देशका १०० पर्यटकलाई भव्य स्वागत गरेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई पर्यटकीयस्थल बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उहाँले पर्यटकका लागि अब नेपालको राजधानी काठमाडौँ, चितवन, पोखरा र लुम्बिनीमात्र नभएर प्रदेश नं १ पनि आकर्षकको केन्द्र हुने भन्दै यहाँका विशेषता, संस्कार र भौगोलिकतालाई बुझेर प्रदेश सरकारले विभिन्न योजना बनाउन लागेको बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले नेपाल भ्रमण वर्षलाई सफल बनाउन हामी सबैको दायित्व हो भन्दै प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याउने कार्यक्रम बनाएको जानकारी दिनुभयो । नविल बैंकका कार्यकारी अध्यक्ष अनिलकेशरी शाहले पहिले देश अनिमात्र विदेश रणनीति बनाउन सकियो भने नेपालमा पर्यटक लागि समस्या नहुनेमा जोड दिनुभयो ।