१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा अतिक्रमणको विरोधमा सांस्कृतिक अभियान



अ+ अ-

काठमाडौँ । ‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ले हालै भारत सरकारले प्रकाशन गरेको नक्शामा नेपालको भू–भाग राखेकामा त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ ।

अभियानले आज पत्रकार सम्मेलन गरी मुलुकको अखण्डता र राष्ट्रिय स्वाधीनताका विषयमा सबै कलाकार एकतावद्ध रहेको जनाएको छ । अभियानका संयोजक एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य खगेन्द्र राईले नेपाली जनताको सार्वभौम अधिकार रक्षाका लागि देश विदेशमा रहेका सबै सांस्कृतिकर्मीलाई अभियानमा सामेल हुन आग्रह गर्नुभयो । नेपालका ६० स्थानभन्दा बढी ठाउँमा भारतसँग सीमा समस्या रहेकाले त्यसको समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै उहाँले दुबै देशका जनताबीच सदियाँै पूरानो सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेकाले सीमा विवादका विषयमा आफूले भारतका कलाकरसँग कुरा गरेको समेत सुनाउनुभयो ।

अभियानले सरकार र सबै राजनीतिक दललाई सीमा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने र आगामी दिनमा साहित्य, नाटक र गीतलगायत माध्यमबाट जनमत सिर्जना गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सोअन्तर्गत यही मङ्सिर ९ गते काठमाडौँस्थित भारतीय दूतावासमा बिरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

अभियानमा जन सांस्कृतिक महासङ्घ नेपाल, नेपाल सांस्कृतिक सङ्घ, रक्तिम सांस्कृतिक अभियान र समाजवादी सांस्कृतिक महासङ्घ आवद्ध छन् ।