१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणिमा स्थानीय बासिन्दाले आइतबार दिउँसोदेखि पूर्वपश्चिम राज मार्गअवरुद्ध गरेका छन् । नम्बर नखुलेको सवारी साधनले शुक्रबार राति पैदल यात्रु ३० वर्षीय रामबहादुरलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएपछि स्थानीय बासिन्दाले सवारीसाधनको पहिचान गरी कार्वाही गरिनुपर्ने, क्षतिपूर्तिको रकम उपलव्ध गराइनु पर्ने र घाइतेको उपचार खर्च उपलव्ध गराइनु पर्नेलगायतका माग अघि सार्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।

पैदल हिड्दै गरेका अर्का महाकाली नगरपालिका–२ का रामबहादुर ठगुन्ना सोही सवारीसाधनको ठक्करबाट घाइते भएका थिए । माग पुरा नहुँदासम्म अवरुद्ध सडक नखुलाइने स्थानीय राम नाथले बताउनुभयो । शनिबारसमेत स्थानीय बासिन्दाले केही बेर पूर्वपश्चिम राजमार्ग बन्द गरेपछि प्रहरीले ठक्कर दिने सावरीसाधन नियन्त्रणमा लिई सकिएको बताएपछि अवरुद्ध राजमार्ग खुलाएका थिए । ठक्कर दिने सवारीसाधनको पहिचान खुल्न नसकेका कारण सडक अवरुद्ध गर्नुपरेको स्थानीय बासिन्दाको भनाइ छ ।

मृतक रोकाया कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया घर भई कृष्णपुरमा काकाको घरमा बस्दै आएका थिए । राजमार्ग अवरुद्ध भएपछि लामो र छोटो दुरीका यातायाका साधान प्रभावित भएका छन् । यात्रुले पैदल नै गन्तव्यमा पुग्नु पर्ने अवस्था सृजना भएको छ ।