१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कम्युनिष्टहरुको मनपरीतन्त्र रोक्न काँग्रेसलाई जिताउनुस – डा महत

कम्युनिष्टहरुको मनपरीतन्त्र रोक्न काँग्रेसलाई जिताउनुस – डा महत
अ अ+ अ-

दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपालमा कम्युनिष्टहरुको मनपरीतन्त्र बढ्दै गएको बताएका छन् । उनले भने, देशमा अहिले अधिनायकवादीहरुको सरकार छ, उनीहरुलाई जे मन लाग्छ त्यो काम गर्न गैरकानुनी रुपमा अध्यादेश ल्याउने तयारी गरिरहेका छन् ।

देशमा कम्युनिस्टको सत्ताले मनपरीतन्त्र चलाएको कुरा सर्वत्र पुष्टि भइसकेको भन्दै यसको नियन्त्रण गर्न कांग्रेसलाई मतदान गर्न उनले आग्रह गरे । उनले भने, अब जनताले बुझ्न बाँकी छैन, अधिनायकवादका विविध स्वरुप उनीहरुले देखिसकेका छन् ।

दाङको उपनिर्वाचममा नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार केशवराज आचार्यलाई मतदान गरी जिताउन उनले आह्वान गरे ।
आइतबार दाङको दुर्गम बस्तिहरु पन्चकुले, ढोलपुर र मलईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले कम्युनिस्टले जनतालाई झुटा आश्वासन दिएर प्रलोभन देखाउने गरेको कुरा पुष्टि भइसकेको बताए ।

‘कांग्रेसले झुट बोल्दैन, जे बोल्छ त्यो गर्छ,’ नेता महतले भने, ‘कम्युनिस्टले कुरा एउटा काम अर्कै गर्छन् । सुशासनका गफ दिएर देशमा भ्रष्टाचार र कुशासन बढाएका छन् । जनतालाई सुरक्षा छैन ।’
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई उनले कांग्रेस प्रवेश गराएका छन् । प्रवेश हुनेहरुमा नेता बलबहादुर बस्नेतको नेतृत्वमा कुलबहादुर वली, टेकबहादुर विक, मनिराम बुढाथोकी, बलबहादुर बुढा, भद्रबहादुर बुढाथोकी, राजकुमार बुढाथोकी, तिलक घर्ती, टोपेन्द्र बुढाथोकी, मंगलसिंह बुढा, मिनबहादुर कुँवर, जोगबहादुर घर्ती, तिलक बस्नेत, पूर्णबहादुर घर्ती, वीरबहादुर बुढाथोकी, तिलकबहादुर घर्ती, वेलमती पुन, गौसरी पुन, पनिता वली, पूर्णकला परियार, निमकुमारी बुढाथोकी,यज्ञ बुढाथोकी लगायत चार दर्जन नेता कार्यकर्ता छन् ।