१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सभामुख अर्याल र प्रमुख सचेतकबीच छलफल, संसदलाई प्रभावकारी बनाउने विषयमा जोड

सभामुख अर्याल र प्रमुख सचेतकबीच छलफल, संसदलाई प्रभावकारी बनाउने विषयमा जोड
अ अ+ अ-

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले संसदको आउँदो अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्नुभएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संसदको सञ्चालन अवस्था, विद्यमान समस्या तथा आगामी अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर विचारविमर्श भएको हो। छलफलमा सरकार तथा प्रतिपक्षी दलका प्रतिनिधिहरू सहभागी भएका थिए।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसदको कार्यप्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा सामान्य र सकारात्मक छलफल भएको बताउनुभयो। उहाँका अनुसार नयाँ प्रमुख सचेतक तथा सचेतकहरू नियुक्त भएपछि सभामुखसँग भएको यो पहिलो भेटघाट भएकाले बधाई तथा शुभकामना आदानप्रदान पनि भएको थियो।

उहाँले भन्नुभयो, “संसदमा हुने कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो। सभामुखज्यूसँग यसरी भेटघाट भएको थिएन, त्यसैले सत्तारुढ र प्रतिपक्षी दुवै दलका केही जिज्ञासाहरू पनि राखेर छलफल सामान्य रूपमा सम्पन्न भयो।”

त्यस्तै रास्वपाकै अर्का सचेतक प्रकाशचन्द्र परियारले संसदमा प्रतिनिधित्व गर्ने ६ वटै दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग सभामुखले संसद सञ्चालनको अवस्था र देखिएका समस्याबारे छलफल गर्नुभएको जानकारी दिनुभयो। उहाँका अनुसार सभामुख अर्यालले संसदलाई अझ प्रभावकारी बनाउन दलहरूसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, “सभामुखज्यूले संसदको अहिलेको धरातलीय यथार्थ र देखिएका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुभयो। मुख्य रूपमा दलका सचेतकहरूले सभामुखसँगको समन्वयमा संसदलाई प्रभावकारी बनाउने विषयमा जोड दिनुभयो।”

यता नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसद छिटो सञ्चालन गर्न आफूहरूले सभामुखसमक्ष आग्रह गरेको बताउनुभयो। उहाँले छलफलमा कुनै ठोस एजेण्डा नभए पनि संसदको प्रभावकारिता बढाउन सहकार्य र समन्वय आवश्यक रहेको विषयमा छलफल भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “सभामुखज्यूसँग सहकार्य गर्दै संसदको कामकारबाही अघि बढाउने विषयमा छलफल भयो। सरकारको कामकारबाहीबारे विस्तृत छलफल भएन, तर संसद छिटो सञ्चालन गरौँ भन्ने हाम्रो आग्रह थियो। सभामुखज्यूले भोलिसम्म केही जानकारी आउँछ भन्नुभएको छ।”

छलफलमा सभामुख अर्यालले आगामी बर्खे अधिवेशन छिट्टै आह्वान हुने विश्वास व्यक्त गर्नुभएको सहभागीहरूले बताएका छन्। साथै संसद सञ्चालनमा देखिएका समस्यालाई समाधान गर्दै प्रभावकारी बनाउन सबै दलसँग सहकार्य गर्ने उहाँको प्रतिबद्धता रहेको पनि बताइएको छ।