१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मनोहरामा स्कुल भत्काइयो, शिक्षक खोज्दै आइपुगे विद्यार्थी र अभिभावक

मनोहरामा स्कुल भत्काइयो, शिक्षक खोज्दै आइपुगे विद्यार्थी र अभिभावक
अ अ+ अ-

काठमाडाैँ । मनोहरा सुकुम्बासी बस्तीमा सञ्चालित सरस्वती आधारभूत विद्यालयको भवन भत्काइएपछि त्यहाँ अध्ययनरत २७५ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

विद्यालय भवन भत्काइएपछि हाल विद्यालयका फर्निचर तथा शैक्षिक सामग्रीहरू शिक्षक र प्रहरीको सहयोगमा लोकन्थलीस्थित मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयसँगै रहेको सामुदायिक भवनमा सारिएको छ । विद्यालय भवन विहिन भएपछि अहिले शिक्षकहरू उक्त सामुदायिक भवनमा उपस्थित भई प्रशासनिक काम र हाजिरी गर्ने कार्यमा मात्र सिमित भएका छन्।

विद्यालयको भौतिक संरचना नरहेपछि बालबालिकाको पठनपाठन पूर्ण रूपमा ठप्प भएको विद्यालयका प्रधानाध्यापक इन्दिरा महतले बताइन् ।  सोमवार विद्यालयको अवस्था र वैकल्पिक व्यवस्थाबारे बुझ्न करिव ६० जना अभिभावक शिक्षकलाई खोज्दै आएका प्रधानाध्यापक महतले बताइन् । आफ्ना बालबालिकाको शिक्षालाई लिएर चिन्तित बनेका अभिभावकहरूले विद्यालयको खोजी गर्दै आए पनि नगरपालिकाले हालसम्म विद्यालय स्थानान्तरण गर्ने वा नयाँ भवन निर्माण गर्ने सम्बन्धमा कुनै ठोस निर्णय हुन नसकेको उनले बताइन् ।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ भित्र अन्य कुनैपनि सरकारी विद्यालय नभएकाले सोही वडाभित्रै विद्यालयको व्यवस्थापन गरिनुपर्ने माग स्थानीय र अभिभावकहरूको छ । यद्यपि संघीय सरकारले भने उक्त विद्यालयलाई अन्य विद्यालयसँग गाभ्ने नीति अघि सारेको बुझिएको छ । तर, अन्य सरकारी विद्यालयहरू (सानोठिमी र कौशलटार) टाढा रहेका कारण साना बालबालिकालाई त्यहाँसम्म पुग्न व्यवहारिक रूपमा कठिनाइ हुने देखिएको छ ।

प्रधानाध्यापक महतकाअनुसार भोलिदेखि थप विद्यार्थी विद्यालयको सम्पर्कमा आउने क्रम बढ्दैछ । विद्यालयको विकल्प छिटो नखोजिए २ सय ७५ विद्यार्थीको शैक्षिक सत्र नै प्रभावित हुने जोखिम बढेको छ । हालसम्म नगरपालिकाबाट कुनै ठोस निर्णय नआउँदा शिक्षक, विद्यार्थी र अभिभावकहरू थप अन्योलमा परेका छन् ।