१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
अ अ+ अ-

काठमाडाैँ । कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर पठाउन स्थानीय तहलगायत सरोकारवालाहरूलाई आग्रह गरेको छ । नेपालको संविधान धारा, २५१ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तय गरेको आधारलाई समेट्ने गरी १४ बुँदालाई आधार बनाएर प्रदेश सरकारले ससर्त अनुदान कार्यान्वयन गराउन सरोकारवालाहरूका लागि प्रस्ताव आह्वान गरेको हो ।

आजसम्म आयोजना तथा कार्यक्रमको प्रस्ताव पेस गर्न प्रदेश सरकारले समयसीमा तोकेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी अञ्जु चौधरीले जानकारी दिइन्। स्थानीय तहबाट कार्यान्वयन हुने रु १० लाखदेखि रु ५० लाखसम्म लागत भएका आयोजना, प्रदेश सरकारको अधिकार सूचीभित्रका कुनै विषयका आयोजना, प्रादेशिक नीति तथा कार्यक्रमलाई स्थानीय सरकारमार्फत कार्यान्वयन, प्रदेश सरकारको आवधिक योजनाले लिएको लक्ष्य तथा उद्देश्य हासिल गर्न सहयोग पुर्याउने, स्थानीय सरकारमा प्रादेशिक मानक स्थापना र कार्यान्वयन गर्नुपर्ने, मानव विकास सूचकाङ्कको अवस्थाका आधारमा ससर्त अनुदान प्रदान गर्न सकिने उनले बताइन् ।

त्यस्तै, आर्थिक सामाजिक असमानता, पूर्वाधार विकास, सडक तथा विद्युत्को पहुँच, सूचना प्रविधि, खानेपानी तथा सरसफाइको सुविधा, खर्चको आवश्यकता तथा राजस्व उठाउने क्षमता, तत्परता र कार्यसम्पादन मूल्याङ्कन, वित्तीय अनुशासन र पुँजीगत खर्च गर्न सक्ने क्षमता, राजस्व सङ्कलन र प्रदेश सरकारलाई प्राप्त राजस्व र विशेष अवस्थाका आधारमा अनुदान दिइने जनाएको छ ।

उनका अनुसार सरकारले स्थानीय तहलाई आयोजनाका लागि प्रदान गर्न सकिने क्षेत्रहरूको पनि तोकेर ढाँचा पनि पठाएको छ । सडक तथा पूर्वाधार, शैक्षिक विकास, आधारभूत स्वास्थ्य सेवा, प्रदेशको सन्तुलित विकास, आर्थिक, सामाजिक र अन्य विभेद न्यूनीकरण गर्ने, रोजगारी सिर्जना हुने, खानेपानी तथा सिँचाइ, सौर्य ऊर्जा, कृषि, विद्युतीकरण, सिर्जनशीलता, उद्यमशीलता र नवप्रर्तनलाई प्रोत्साहन गर्ने वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित आयोजनालाई प्राथमिकता दिएर अनुदान दिन सकिने बताइएको छ ।

कर्णाली प्रदेश ससर्त अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन) २०८२ दफा ७ को उपदफा १ मा व्यवस्था भएबमोजिम आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गरिने ससर्त अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमहरूको प्रस्ताव गरी सोही कार्यविधिअनुसार अनुदान माग र प्रस्ताव पेस गर्न सूचना गरिएको सूचना अधिकारी चौधरीले बताइन्।

प्रदेश सरकारले सूचनामार्फत कर्णाली प्रदेशभित्रका स्थानीय तह, सार्वजनिक संस्था तथा लाभग्रही र प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको छ । स्थानीय तहलाई रु एक करोडको सीमाभित्र रही बढीमा पाँच, सार्वजनिक संस्था तथा लाभग्रहीलाई रु ५० लाखको सीमाभित्र रही बढीमा दुई र प्रदेशसभा सदस्यहरूलाई अधिकतम रु दुई करोडको सीमाभित्र रहेर आयोजना प्रस्ताव गर्न अनुरोध गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।