१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा ५ लाख बराबरको चाँदीको रनिङ शिल्डसहित ‘मेयर कप तेक्वान्दो’ प्रतियोगिता हुँदै



अ+ अ-

काठमाडौं। बागमती प्रदेश स्तरमा जुनियर खेलाडीहरूको सहभागिता रहने तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। जैशिदेवल युथ क्लवको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा ‘स्व. पि.एल. सिंह स्मृति छैठौं बागमती प्रदेश स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३’ आगामी बैशाख २४ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने भएको हो।

प्रतियोगिताका लागि निजी क्षेत्रबाट पनि महत्वपूर्ण सहयोग जुटेको छ । एग्रो थाई फुड्स प्रा. लि.ले करिब रु. ५ लाख बराबरको १ केजी तौलको चाँदीको रनिङ शिल्ड उपलब्ध गराएको छ। यस सम्बन्धमा बैशाख २० गते कम्पनीको प्रधान कार्यालय कमलादीमा कम्पनीका ब्रान्ड म्यानेजर अमित झा र जैशिदेवल युथ क्लवका अध्यक्ष राजेश प्रजापतिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिइएको छ।

आयोजकका अनुसार प्रतियोगितामा बागमती प्रदेशअन्तर्गतका २५ भन्दा बढी स्थानीय तहका टोलीहरूको सहभागिता रहनेछ भने करिब ५०० खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। सहभागी खेलाडीहरूका लागि बीमा, निःशुल्क दर्ता, खाना तथा नास्ताको व्यवस्था गरिनेछ। साथै खेलाडीलाई टिसर्ट, आयोजक टिमका खेलाडीलाई ट्रयाकसुट, प्रशिक्षक, निर्णायक तथा अतिथिहरूलाई ज्याकेट उपलब्ध गराइनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र निर्णायकलाई जनही १०० अमेरिकी डलरसहित ट्रफी प्रदान गरिनेछ भने टिमतर्फ प्रथम हुने टोलीलाई १ केजी चाँदीको रनिङ शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।