१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन : उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन : उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
अ अ+ अ-

काठमाडाैँ । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाहरूलाई पु¥याउन प्रोत्साहन गरेको छ । सोसाइटीले अध्यक्ष/सभापति/महामन्त्री/महासचिवलगायत प्रमुख पदमा सोसाइटीको सबै तहको नेतृत्वदायी भूमिकामा उनीहरुको सार्थक उपस्थितिका विशेष ध्यान दिएको हो ।

यसअन्तर्गत महिला र १८ देखि ३० वर्ष उमेर समूहका युवाले नेतृत्वदायी पदहरूमा उम्मेदवारी दिन प्रोत्साहन गर्दै उम्मेदवारी मनोनयन दर्ता निःशुल्क गरेको छ । सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) अनुसार संस्थामा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत रहने सुनिश्चित गरेको छ भने सोसाइटीको केन्द्रीयस्तरमा युवा रेडक्रस आयोग, प्रदेशस्तरमा प्रदेश युवा रेडक्रस समिति, जिल्लास्तरमा जिल्ला युवा रेडक्रस समिति र पालिकास्तरमा पालिका युवा रेडक्रस समिति रहने व्यवस्था रहेको छ ।

विधानअनुसार २१ जनाको समिति रहने सोसाइटीको केन्द्रीय समितिमा एक जना महिला उपाध्यक्ष र पाँच जना महिला सदस्य रहने व्यवस्था गरिएको छ । पन्ध्र जनाको समिति रहने प्रदेश समितिमा महिला उपाध्यक्ष एक जनासहित सदस्य तीन जनामहिला र युवा समितिबाट महिला एकसहित दुई जनाको सहभागिता रहने व्यवस्था छ । सोसाइटीको जिल्ला शाखामा पनि १५ जनाको समिति रहने छ ।

यसमा एक जना महिला उपसभापति र तीन जना सदस्य महिला हुनुपर्ने व्यवस्था छ भने जिल्लास्तरीय युवा समितिले आफूमध्येबाट छनोट गरेका एक जना महिलासहित दुई जनाको सहभागिता रहने छ । सोसाइटीको पालिका शाखामा १५ जनाको समिति रहने व्यवस्थाअनुसार महिला उपाध्यक्ष एक जना र सदस्यमा तीन जना महिला रहने व्यवस्था गरिएको छ ।

यस्तै, पालिका युवा समितिबाट कम्तीमा एक जना महिलासहित दुई जनाको सहभागिता रहने विधानमा व्यवस्था गरिएको छ । नौ जनाको कार्यसमिति रहने उपशाखा तहमा उपसभापति र कोषाध्यक्षमा महिला एक÷एक जना अनिवार्य गरिएको छ भने सदस्यमा दुई जना महिला रहने व्यवस्था गरिएको छ । सबै तहमा हुने खुल्ला सदस्यमा पनि युवा तथा महिलाले उम्मेदवारी दिन सक्ने व्यवस्था रहेको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ आइएफआरसीले पनि नेपाल रेडक्रस सोसाइटीमा महिला र युवाको नेतृत्वदायी भूमिका रहनुपर्नेमा जोड दिँदै आएको छ । सोसाइटीले देशभरका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिहरूको निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

जसअन्तर्गत २०८३ वैशाख २६ देखि जेठ ४ गतेसम्म सबै पालिका शाखा समितिहरूको, जेठ १५ गते जिल्ला शाखा समितिहरूको, असार २ गते सातै प्रदेश समितिहरू र प्रत्येक प्रदेशसभाको अधिवेशनमा भाग लिन आएका पालिका प्रतिनिधिहरूमध्येबाट केन्द्रीय सभाको महाधिवेशनका लागि तोकिएअनुसारका प्रतिनिधिहरूका साथै असार २४ र २५ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन कार्य तालिका तय गरेको छ ।