३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

पर्यटकीय गाउँमा विद्युतीकरण

पर्यटकीय गाउँमा विद्युतीकरण
अ+ अ-

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित पर्यटकीय गाउँ बगरमा विद्युतीकरण गरिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा १६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरी विद्युतीकरण गरिएको हो । रु ७५ लाखको लागतमा निर्माण भएको सो योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ परिवार लाभान्वित भएका वडासदस्य बमबहादुर पुनले जानकारी दिए ।

परियोजना निर्माणमा धौलागिरि गाउँपालिकाको रु ४० लाख, अमेरिकाको गिभ पावर संस्थाको रु ३० लाख बराबरको उपकरण र प्राविधिक सहयोग तथा उपभोक्ताको रु पाँच लाख लगानी भएको छ । उपभोक्ताले खम्बा गाड्ने, विद्युत्गृहको भवन निर्माण र तार तान्ने काम गर्न प्रतिघर १९ दिनका दरले श्रमदान गरेको परियोजना निर्माण समितिका अध्यक्ष होमबहादुर पुर्जाले बताए । अमेरिकाबाट आएका गिभ पावर संस्थाका ११ सञ्चालक र कर्मचारीले पनि दुई दिन श्रमदान गरेका थिए ।

विद्युतीकरण भएपछि उज्यालोका साथै दैनिकीमा सहज भएको स्थानीयवासी मिमकुमारी घर्तीले बताए । मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, कम्प्युटर तथा ल्यापटप चलाउन सहज भएको उनले बताए। यसअघि यहाँका बासिन्दा उज्यालोका लागि टुकी र सोलारमा निर्भर थिए । बगर र जेल्तुङमा दुई मिल सञ्चालन गर्ने तयारी गरिएको छ । गहुँ, मकै, कोदो र फापर पिस्न मिल नहुँदा स्थानीयवासीलाई समस्या छ । यसैगरी फर्निचर उद्योग चलाउन लागिएको स्थानीयवासी चित्र घर्तीले बताए ।

नजिकको बस्ती खिवाङ र मुदीबाट बगर पुग्न भिर र जङ्गलमा पूरै दिन हिँड्नुपर्छ । बगर धौलागिरि हिमालको प्रवेशद्वार हो । बगर गाउँ भएर संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर पुग्न सकिन्छ । ऊर्जाको माध्यमबाट स्थानीयको दैनिकीमा सुधार र पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सोलारबाट विद्युतीकरण गरिएको गिभ पावर प्रबन्ध निर्देशक किशोर रिमालले बताए ।

तत्कालै केन्द्रीय प्रसारण लाइनको सम्भावना नभएको र लघुजल विद्युत् परियोजना बनाउन लागत धेरै आवश्यक पर्ने भएकाले सोलारबाट विद्युतीकरण गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । “सबै बस्तीलाई उज्यालो बनाउने उद्देश्यअनुसार बगरमा सोलारबाट विद्युतीकरण गरिएको हो”, उनले भने “केन्द्रीय लाइन, लघुजल विद्युत् र सोलारबाट पालिकाका सबै घरलाई उज्यालो बनाउने योजना कार्यान्वयनमा जोड दिएका छौँ ।”