१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

२४ वर्षपछि कालोपत्रे शुरु

२४ वर्षपछि कालोपत्रे शुरु
अ अ+ अ-

‘दमौली । ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे शुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रे शुरु भएको हो । विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय नवलपुरले काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता गरेको कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । कूल ७.२ किमी मोटरमार्ग कालोपत्रेका लागि विसं २०७७ पुस २२ गतेसम्म म्याद रहेको भण्डारीले बताउनुभयो ।

मोटरमार्गको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्रे गरिनेछ । भण्डारीका अनुसार सडकको एक÷एक मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्रेपछि सहज हुने भण्डारीले बताउनुभयो । “एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत सो मोटरमार्ग कालोपत्रेको काम शुरु भएको छ”, भण्डारीले भन्नुभयो, “समयमै गुणस्तरीय काम सम्पन्न गराउन कार्यालयको तर्फबाट प्रत्यक्ष निगरानी गरिनेछ ।” निर्माण कम्पनीका प्रोपाइटर सन्जय हिराचनले तोकिएकै समयमा गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी हर्षित भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताउनुभयो । “यही मोटरमार्गलाई देखाएर विगतमा नेताहरुले भोट मागे, तर चुनाव जितेपछि यो मोटरमार्गलाई कहिल्यै वास्ता गरेनन्,” गुरुङले भन्नुभयो, “स्थानीयवासीको सपना अहिले आएर बल्ल पूरा हुन लागेको छ ।”

सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताउनुभयो । “सडक कालोपत्रे शुरु भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ,” गुरुङले भन्नुभयो, “आर्थिक मामिला मन्त्रीले गत निर्वाचनमा बोलेको बचन पूरा गर्नुभयो ।” काम शुरु हुने तर बीचमा नै अलपत्र हुने धेरै ठाउँको अवस्था रहेकोले यहाँ शुरु भएको कालोपत्रे कामको स्थानीयवासीले सधैँ निगरानी गर्नेसमेत गुरुङले बताउनुभयो ।

स्थानीयवासी गोपाल थापाले सङ्घीयता कार्यान्वयनसँगै विकासको अभियान शुरु भएको महसुस हुन थालेको बताउँदै खुसी व्यक्त गर्नुभयो । “धुलोको समस्याबाट यहाँका जनता साहै्र पीडित थिए,” थापाले भन्नुभयो, “ढिलै भए पनि मोटरमार्ग कालोपत्रेको काम शुरु भएको छ, स्थानीयवासी खुसी छन् ।” कालोपत्रे हुन लागेको सडकको शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । मन्त्री गुरुङले प्रदेश सरकारले जनताको आवश्यकतालाई ध्यानमा राखेर विकास निर्माणका काम गरिरहेको बताउनुभयो ।

मन्त्री गुरुङले मुस्ताङदेखि तनहुँको भीमाद हुँदै नवलपुरको कावासोती जोड्ने प्रादेशिक सडकलाई गौरवको आयोजनाको रुपमा राखेर सरकारले उक्त मोटरमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिइसकिएको जानकारी दिनुभयो ।

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका कच्ची मोटरमार्ग कालोपत्रेलाई प्राथमिकता दिइएको भन्दै ठूला आयोजना निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरिने बताउनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भीमाद नगरपालिका हुँदै ऋषिङको पल्ट्याङसम्म पुग्ने यो मोटरमार्गको छुट्टै महत्व रहेकाले प्रदेश सरकारमार्फत कालोपत्रे शुरु हुनु सकारात्मक रहेको बताउनुभयो ।