१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

चोरी नियन्त्रण अभियानपछि बढ्यो राजश्व सङ्कलन

चोरी नियन्त्रण अभियानपछि बढ्यो राजश्व सङ्कलन
अ अ+ अ-

इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले चोरी नियन्त्रण अभियान सञ्चालन गरेपछि तीन दिनका अवधिमा २६ लाखभन्दा बढी राजश्व सङकलन गरेको छ ।
तीन दिनको अवधिमा रु २६ लाख ८० हजार २२२ राजश्व सङकलन गरिएको प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख रामउदगार साहले बताउनुभयो । कार्यालयले सुनसरीको कोशी, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंहलगायत गाउँपालिकामा रातिको समयमा गरिएको अनुगमनका क्रममा विद्युत् चोरी गरेर उपभोग गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेबापत रु ७३ हजार ५९२ राजश्व सङकलन भएको प्रमुख साहले जानकारी दिनुभयो ।

त्यसैगरी रु २४ लाख १९ हजार १३५ बक्यौता उठाउन बाँकी रहेकामा कार्यालयले जम्मा ११४ ग्राहकको लाइन कट्टा गरी ११४ र थप १४ जना ग्राहकको लाइन जडान गरेबापत असुल हुन बाँकीे र थप गरेर जम्मा रु २६ लाख ६ हजार ६३० गरेर कूल जम्मा रु २६ लाख ८० हजार २२२ तीन दिनको अवधिमा राजश्व सङकलन भएको छ ।

कार्यालयले विद्युत् चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएका कारण अहिले धमाधम विद्युत् चोरी गर्नेहरु नियन्त्रणमा आउन थालेका छन् । कार्यालयले १३८ ग्राहकको बन्द मिटर रहेकामा सबैलाई निःशुल्क रुपमा मिटर वितरण गरेको छ ।