१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्रेस सङ्गठनको एकता टुङ्गियो

प्रेस सङ्गठनको एकता टुङ्गियो
अ अ+ अ-

काठमाडौँ । प्रेस सङ्गठन नेपालले साङ्गठनिक एकताका बाँकी कामलाई अन्तिम रुप दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) को एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई नयाँ सङ्गठन गठन गरिएको हो ।
दुई सङ्गठनबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको सङ्ख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । साविक चौतारीबाट १२४ र सेन्टरबाट १०९ गरी केन्द्रीय कमिटीको सङ्ख्या २३५ सदस्यीय कायम गरिएको छ ।
सङ्गठनका सहसंयोजक गणेश बस्नेतले केन्द्रीय कमिटीका सदस्यको सपथ र केन्द्रीय कमिटीको मिति पहिलो बैठक आपसी गृहकार्यपछि चाँडै तय हुने जनाउँदै जिम्मेवारी तोक्दा पूर्व सङ्गठनको भागवण्डालाई नभई भूगोल र सम्बन्धित क्षेत्रमा कामको सक्रियता, व्यक्तिको योग्यता र क्षमतालाई मूल आधार बनाइ वास्तविक एकताको सन्देश दिइएको बताउनुभयो ।

विधानअनुसार भौगोलिक र गैरभौगोलिक गरी १० वटा प्रदेश समिति निर्माण गरिएको छ, जसमा सात भौगोलिक, उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) तथा प्रतिष्ठान र एसोसियट प्रदेश छन् । भौगोलिक संरचनाअनुसारका ७७ जिल्ला कमिटी निर्माण गरिएको छ । प्रतिष्ठान प्रदेशमा आबद्ध प्रतिष्ठान शाखा र एसोसियट प्रतिष्ठनामा आबद्ध शाखा जिल्ला कमिटीसरह हुनेछन् ।
नेकपा सचिवालयले सङ्गठनको संयोजक र सहसंयोजकमा क्रमशः महेश्वर दाहाल र बस्नेतलाई यसअघि नै तोकेको थियो । नयाँ जिम्मेवारीअनुसार प्रदेश इन्चार्जमा लीलाराज भट्टराई (प्रदेश १), लालबाबु शेख (प्रदेश २), विश्वमणि सुवेदी ९प्रदेश ३०, गणेश पाण्डे (गण्डकी), मनोज घर्ती मगर (प्रदेश ५), धु्रव बुढाथोकी (कर्णाली प्रदेश), नरेन्द्र साउद (सुदूरपश्चिम प्रदेश), सुरोजङ्ग पाण्डे (उपत्यका), रामकुमार एलन (प्रतिष्ठान) र सइन्द्र राई (एसोसियट) तोकिनुभएको छ ।
प्रदेश १ को संयोजकमा राजन केडी र सहसंयोजक गणेश पोखरेल, प्रदेश २ को संयोजकमा हीरालाल चौधरी र सहसंयोजकमा फणिदेव महत, प्रदेश ३ को सहसंयोजकमा सुनिल खड्का, गण्डकी प्रदेशको संयोजक रामकृष्ण शर्मा र सहसंयोजक त्रिभुवन पौडेल, प्रदेश ५ को संयोजकमा सबिन प्रियासन (चौधरी) र सहसंयोजकमा मानसिंह विक, कर्णाली प्रदेशको संयोजकमा वीरबहादुर गिरी र सहसंयोजकमा प्रतिक इच्छुक शर्मा तथा सुदूरपश्चिम प्रदेशको संयोजकमा रामसिंह ठगुन्ना र सहसंयोजकमा नवराज भण्डारी हुनुहुन्छ ।

यसैगरी उपत्यका संयोजकमा नवराज दाहाल, सहसंयोजकमा प्रकाश सिलवाल, प्रतिष्ठान संयोजकमा वीरेन्द्र वली तथा सहसंयोजकमा हरिवल्लभ नेपाल, एसोसियट संयोजकमा धु्रव लम्साल र सहसंयोजकमा केशव खनाल रहनुभएको छ । अनुशासन आयोगको संयोजकमा सन्तोष पौडेल र सहसंयोजकमा केशव अधिकारी तथा लेखा आयोगको संयोजकमा विक्रम लुइँटेल (मोरङ) र सहसंयोजकमा राजु लामा तोकिनुभएको छ ।
जिल्ला कमिटीका संयोजकमध्ये तत्कालीन चौतारीबाट ४४ र सेन्टरबाट ३३ रहेका छन् । प्रदेश इञ्चार्जमा अधिकांश चौतारीबाट परेका छन् । एउटा सङ्गठनबाट जिल्ला संयोजक भएको स्थानमा अर्को सङ्गठनबाट सहसंयोजक रहने सहमति गरिएको छ ।
सङ्गठनका संयोजक र सहसंयोजकद्वारा विज्ञप्तिमा प्रदेश नं १ अन्तर्गत पाँचथर, उदयपुर तेह्रथुम, धनकुटा, खोटाङ, ताप्लेजुङ, झापा र मोरङ जिल्ला कमिटीको संयोजक चौतारीबाट र ओखलढुङ्गा, इलाम, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा र सुनसरी जिल्ला कमिटीको संयोजक सेन्टरबाट रहने जनाइएको छ । प्रदेश २ अन्तर्गतका सिरहा, सर्लाही, रौतहट, बारा र महोत्तरीको संयोजक चौतारी तथा सप्तरी, धनुषा र पर्सा जिल्ला कमिटीको संयोजकको जिम्मेवारी सेन्टरले पाएको छ ।

यसैगरी प्रदेश नं ३ अन्तर्गतका रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, काभ्रे, ललितपुर, भक्तपुर र रसुवाका संयोजक चौतारीबाट तथा दोलखा, सिन्धुली, चितवन, धादिङ र काठमाडौँका संयोजक सेन्टरबाट तोकिनेछ । गण्डकी प्रदेशका स्याङ्जा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, बागलुङ र पर्वतका संयोजक चौतारीबाट तथा गोरखा, म्याग्दी, लमजुङ र नवलपुरका संयोजक सेन्टरबाट हुनेछ ।
प्रदेश नं ५ का रुपन्देही, पाल्पा, गुल्मी, रुकुम, बर्दिया र अर्घाखाँचीको संयोजक चौतारीबाट तथा कपिलवस्तु, बाँके, रोल्पा, प्यूठान, दाङ र नवलपरासीका संयोजक सेन्टरबाट तोकिएका छन् ।

यसैगरी कर्णाली प्रदेशका कालीकोट, जुम्ला, डोल्पा, मुगु र दैलेखका संयोजक चौतरीबाट तथा सुर्खेत, सल्यान, रुकुम, हुम्ला र जाजरकोटको संयोजक सेन्टरबाट, सुदूरपश्चिम प्रदेशको संयोजकमा बाजुरा, बझाङ, दार्चुला, कञ्चनपुर र डडेल्धुराका संयोजक चौतारी तथा कैलाली, बैतडी, डोटी तथा अछामका संयोजक सेन्टरबाट तोकिएका छन् ।