१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उपचार नपाएर नागरिक मर्नु पर्दैन : स्वास्थ्यमन्त्री ढकाल

उपचार नपाएर नागरिक मर्नु पर्दैन : स्वास्थ्यमन्त्री ढकाल
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृ’त्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “पैसा नभएका कारण उपचार हुनबाट नागरिक वञ्चित हुनु पर्दैन । राज्यले नागरिकको उपचारको जिम्मा लिन्छ । ‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति नागरिकलाई दिन्छु, मेरो पहिलो ध्यान यसैमा रहन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो औपचारिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले स्वस्थ्य नागरिक भएमात्र समृद्ध नेपाल बन्छ भन्नुभयो ।

बालस्वास्थ्य तथा खोप सेवा शाखाद्वारा आज यहाँ आयोजित दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरण पूर्वतयारी बैठकमा उहाँले स्वास्थ्य क्षेत्रमा विधि र थिति बसाली सम्मानित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री ढकालले भन्नुभयो, “समग्र मन्त्रालयका बारेमा ब्रिफिङ लिँदैछु । यो सकिएपछि केही नयाँ कामको शुरुआत गर्छु । नीति तथा कार्यक्रम र बजेटमा भएका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लान मेरो जोड रहन्छ ।” यसअघि ढकालले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।

मन्त्रालयका सचिव खगराज बरालले स्वास्थ्य सेवाका कर्मचारी समायोजनका समस्याका कारण खोप अभियानमा समस्या आउन नदिइने बताउनुभयो । स्वास्थ्य सेवाका कर्मचारी समयोजनका कारण पछिल्लो समय खोप अभियान प्रभावित बन्न पुगेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक रोशन पोखरेलले खोपको भण्डारण र व्यवस्थापन प्रादेशिक तहबाट गर्न आवश्यक सबै अधिकार प्रत्यायोजन भएको जानकारी दिँदै आर्थिक निर्देशिकासमेत तयार भएको जानकारी दिनुभयो ।

परिवार कल्याण महाशाखाका निमित्ति निर्देशक केदार पराजुलीले विगत ४० वर्षमा नेपालले खोपका क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको चर्चा गर्दै अगामी दिनमा खोप कार्यक्रमलाई थप व्यवस्थित बनाइनेछ भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोस भेन्डरले सन् २०२३ सम्म नेपालबाट दादुरा रुवेला रोग निवारण गर्न खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।  

यस्तै मन्त्रालयले दादुरा रुवेला रोग निवारण गर्न अगामी फागुन र चैत महिनामा पाँचाँै राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालनको तयारी गरेको छ । अगामी फागुन १ देखि ३० गते र चैत १ देखि ३० गतेसम्म गरी दुई चरणमा सो अभियान सञ्चालन हुने छ ।

यसअघि मन्त्रालयले सन् २००४, २००८, २०१२ र २०१६ मा यस्ता अभियान सञ्चालन गरेको थियो । ५ वर्षमुनिका बालबालिकाको मृत्युको मुख्य कारकमध्ये दादुरा रोगलाई मानिन्छ । यस रोगलाई निवारण गर्न यस विरुद्धको खोप आवश्यक मानिन्छ ।

पहिलो चरणमा प्रदेश नं १, २, ५ र दोस्रो चरणमा प्रदेश नं ३, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशमा खोप अभियान सञ्चालन हुनेछ । बालस्वास्थ्य तथा खोप सेवा शाखाका निर्देशक डा झलक शर्माले ती दुवै अभियानमा करिब ३० लाख बालबालिकलाई दादुरा रुवेला विरुद्धका खोप लगाइनेछ ।

साथै तराई मधेशका १९ जिल्लाका १५ लाख जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने छ । संविधानमा खोप पाउने बालअधिकारभित्र रहेको छ । साथै खोप ऐनले समेत यस अधिकारलाई थप सुनिश्चित गरेको छ ।

देशका ५८ जिल्ला पूर्णखोप जिल्ला घोषित भइसकेका छन् । सन् २०१६ को स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार खोपको पुहँचमा नआएको ५ वर्षमुनिका बालबालिकाको सङ्ख्या एक प्रतिशत रहेको छ । यसैगरी पूर्ण खोप नपाउने बालबालिका २१ प्रतिशत रहेका छन् ।

गर्भवती आमा, जन्मने बित्तिकै र ५ वर्षमुनिका बालबालिकालाई हाल ११ प्रकारका खोप विभिन्न रोगका विरुद्ध निःशुल्क रुपमा लगाउने गरिन्छ । सन् २०१४ मा नेपालबाट पोलियो रोग निवारण भएको घोषणा गरिएको थियो ।
खोप राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमभित्र रहेको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएञ्जा बी, पोलियो, दादुरा, रुवेला, न्युमोकोकस र जापानिज इन्सेफ्लाइटिसविरुद्ध बालबालिकालाई खोप तथा गर्भवतीलाई धनुष्टङ्कार र भ्याकुते रोगविरुद्ध खोप लगाइन्छ ।