१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

घरघरमै अपाङ्गता परिचयपत्र र औषधि

घरघरमै अपाङ्गता परिचयपत्र र औषधि
अ अ+ अ-

बलेवा । अपाङ्गता परिचयपत्रबाट वञ्चित बरेङ गाउँपालिकाका ८६ अपाङ्गता भएका व्यक्तिलाई गाउँपालिकाले घरदैलोमै पुगेर परिचयपत्र उपलब्ध गराएको छ । शारीरिक रुपमा अशक्त र सोबारे जानकारी नपाएकालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिको अवस्थालाई दृष्टिगत गर्दै घरदैलो अभियान चलाइएको जनाउँदै परिचयपत्र प्राप्त गरेका सबै अपाङ्गता भएका व्यक्तिले नेपाल सरकारले तोकेको र गाउँपालिकाले तोकेको सुविधा उपभोग गर्न पाउने शर्मा बताउनुभयो । “अब उहाँहरुको स्वास्थ्य र सामाजिक सुरक्षाको सबै सुविधा उपभोग गर्ने बाटो खुलेको छ”, शर्माले भन्नुभयो, “परिचयपत्रको अभावमा सुविधाबाट वञ्चित हुन नदिन अभियान चलाइएको हो ।”

परिचयपत्रसँगै अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधिसमेत घरदैलोमै वितरण गरिएको छ । गाउँपालिकाले अपाङ्गता भएकामध्ये दुईलाई रातो परिचयपत्र, २६ लाई नीलो परिचयपत्र, ४८ लाई पहेँलो परिचयपत्र र १० जनालाई सेतो परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले परियचपत्र र स्वास्थ्य उपचारका लागि चालू आर्थिक वर्षमा रु पाँच करोड विनियोजन गरेको छ ।

गाउँपालिकाका पाँच वडामा तीन दिन लगाएर परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । “सामाजिक सुरक्षा हाम्रो दायित्व हो”, थापाले भन्नुभयो, “पालिकाको केन्द्रसम्म आउन पनि कठिन हुनेले हामी घरदैलोमा पुग्दा उनीहरु खुशी भएका छन् ।” प्रशासन र स्वास्थ्य शाखाका कर्मचारीको समूह बनाएर गाउँपालिका घरघरमा पुगेको थियो । यसअघि सूचीकृत भएका केहीले सुविधाको उपभोग गर्दै आएका छन् ।