८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका मुद्दा बोकेर उम्मेदवार घरदैलामा



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षको उपचुनाव नजिकिँदै गर्दा उम्मेदवारले विकासको मुद्दालाई अघि सारेका छन् । यही मङ्सिर १४ गते निर्वाचनका लागि वडाका सडक कालोपत्र, सिँचाइको व्यवस्था, आधुनिक कृषि प्रणाली अवलम्बन गर्ने र स्वास्थ्य संस्थाको भरपर्दो व्यवस्था मिलाउने कार्यसूची अघि सार्दै उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

उम्मेदवारले सामाजिक र राजनीतिक क्षेत्रमा लामो समयदेखि जनताकै बीचमा बसेर काम गरेकाले विजयी हुने दाबी गर्दै आएका छन् । पुनर्वास क्षेत्रका सञ्चारकर्मी दीपेन्द्र बस्नेत सबै उम्मेदवारको जनताबीच छवि राम्रै रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कृष्ण तामाङ र नेपाली काँग्रेसका दीपबहादुर तामाङबीच रहेको बताउनुहुन्छ ।

“निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवारका एउटै प्रकृतिका चुनावी मुद्दा रहेका छन्”, उहाँले भन्नुभयो, “मतदातालाई विश्वासमा पार्न सक्ने उम्मेदवार मात्रै विजयी हुने छन् ।” नेकपाका उम्मेदवार तामाङ जनताकै बीचमा बसेर लामो समयदेखि कार्य गरेकाले चुनावमा सहजै विजयी हुने दाबी गर्नुहुन्छ । “जनताको सुख–दुःखमा सधैँ सहभागी भएको छु”, उहाँले भन्नुभयो, “जनताले चाहेको विकासका लागि कटिबद्ध छु । यिनै मुद्दालाई जनतामाझ लगेको छु ।”

नेपाली काँग्रेसका उम्मेरवार तामाङ वडाको विकासका लागि उम्मेदवार नहुँदासमेत कार्यअगाडि बढाउन सघाउँदै आएको बताउनुभयो । “अहिले पनि विकासलाई नै प्राथमिकतामा राखेर मतदाताको घरदैलामा जाँदैछु”, उहाँले भन्नुभयो ।

उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही र समाजवादी पार्टीका भीम तामाङ पनि मैदानमा हुनुहुन्छ । तत्कालीन नेकपा ९एमाले० का तर्फबाट वडाध्यक्षमा विजयी फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक भएपछि वडाध्यक्षको पद खाली थियो । सोही वडाध्यक्षको पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि एक हजार १९९ मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार निर्वाचनमा ५५९ पुरुष र ६४० महिला मतदाताले मतदान गर्ने भएका हुन् । मतदानका लागि राखिएको मतदानस्थलमा दुई वटा मतदान केन्द्र राखिएका छन् । ‘क’ मतदान केन्द्रमा ६१६ र ‘ख’ मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एकजना कार्यालय सहयोगी र स्वयंसेवक रहने व्यवस्था मिलाइएको जोशीले बताउनुभयो ।

निर्वाचनस्थल र केन्द्रको सुरक्षाका लागि तीन सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिनेछ । निर्वाचन सामग्री र मतपत्र निर्वाचन कार्यालयमा ल्याइएको छ ।