१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

विकासका मुद्दा बोकेर उम्मेदवार घरदैलामा

विकासका मुद्दा बोकेर उम्मेदवार घरदैलामा
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षको उपचुनाव नजिकिँदै गर्दा उम्मेदवारले विकासको मुद्दालाई अघि सारेका छन् । यही मङ्सिर १४ गते निर्वाचनका लागि वडाका सडक कालोपत्र, सिँचाइको व्यवस्था, आधुनिक कृषि प्रणाली अवलम्बन गर्ने र स्वास्थ्य संस्थाको भरपर्दो व्यवस्था मिलाउने कार्यसूची अघि सार्दै उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

उम्मेदवारले सामाजिक र राजनीतिक क्षेत्रमा लामो समयदेखि जनताकै बीचमा बसेर काम गरेकाले विजयी हुने दाबी गर्दै आएका छन् । पुनर्वास क्षेत्रका सञ्चारकर्मी दीपेन्द्र बस्नेत सबै उम्मेदवारको जनताबीच छवि राम्रै रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कृष्ण तामाङ र नेपाली काँग्रेसका दीपबहादुर तामाङबीच रहेको बताउनुहुन्छ ।

“निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवारका एउटै प्रकृतिका चुनावी मुद्दा रहेका छन्”, उहाँले भन्नुभयो, “मतदातालाई विश्वासमा पार्न सक्ने उम्मेदवार मात्रै विजयी हुने छन् ।” नेकपाका उम्मेदवार तामाङ जनताकै बीचमा बसेर लामो समयदेखि कार्य गरेकाले चुनावमा सहजै विजयी हुने दाबी गर्नुहुन्छ । “जनताको सुख–दुःखमा सधैँ सहभागी भएको छु”, उहाँले भन्नुभयो, “जनताले चाहेको विकासका लागि कटिबद्ध छु । यिनै मुद्दालाई जनतामाझ लगेको छु ।”

नेपाली काँग्रेसका उम्मेरवार तामाङ वडाको विकासका लागि उम्मेदवार नहुँदासमेत कार्यअगाडि बढाउन सघाउँदै आएको बताउनुभयो । “अहिले पनि विकासलाई नै प्राथमिकतामा राखेर मतदाताको घरदैलामा जाँदैछु”, उहाँले भन्नुभयो ।

उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही र समाजवादी पार्टीका भीम तामाङ पनि मैदानमा हुनुहुन्छ । तत्कालीन नेकपा ९एमाले० का तर्फबाट वडाध्यक्षमा विजयी फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक भएपछि वडाध्यक्षको पद खाली थियो । सोही वडाध्यक्षको पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि एक हजार १९९ मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार निर्वाचनमा ५५९ पुरुष र ६४० महिला मतदाताले मतदान गर्ने भएका हुन् । मतदानका लागि राखिएको मतदानस्थलमा दुई वटा मतदान केन्द्र राखिएका छन् । ‘क’ मतदान केन्द्रमा ६१६ र ‘ख’ मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एकजना कार्यालय सहयोगी र स्वयंसेवक रहने व्यवस्था मिलाइएको जोशीले बताउनुभयो ।

निर्वाचनस्थल र केन्द्रको सुरक्षाका लागि तीन सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिनेछ । निर्वाचन सामग्री र मतपत्र निर्वाचन कार्यालयमा ल्याइएको छ ।