• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल

गरिबीको सङ्ख्या शून्यमा झारिने



ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डले आज यहाँ आयोजना गरेको ‘एशिया प्रशान्त क्षेत्रमा रहेका सहकारी संस्थाको ११औँ वार्षिक भेला’ का अवसरमा मन्त्री अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक तुल्याउन सहकारी क्षेत्रलाई थप व्यावसायिक बनाउँदै लैजाने बताउनुभयो ।

उहाँले नेपालीको प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलरमा पु¥याउन सहकारी, सरकारी एवं निजी क्षेत्रको समान लगानी सहयोग र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

सहकारी क्षेत्रले १५औँ योजना अवधिमा कूल लगानीको पाँच दशमलव चार प्रतिशत लगानी गरेर वार्षिक १७ हजार रोेजगारी सिर्जना गर्ने योजना बनाएको छ । दुई दिनसम्म आयोजना हुने उक्त भेलामा औपचारिक शिक्षाभित्र सहकारीले के कस्ता विषयलाई र कसरी समावेश गर्ने भन्ने विषयमा छलफल हुने बोर्डका उपनिर्देशक मुकेश कर्णले जानकारी दिनुभयो ।

देश विकास, समृद्धि एवं समाजिक न्याय निर्माणका लागि नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाका रूपमा लिएको छ । मुलुकमा झण्डै ३५ हजार सहकारी संस्था छन् ।