२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव



सन्दर्भ तस्बिर
अ+ अ-

काठमाडाैँ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एशिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग जानकारी आदानप्रदान गरेका छन् ।

शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै टेलिफोन वार्ताहरूमा उनअले टर्कीए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स, इटाली लगायत देशहरूका अधिकारीहरूसँग क्षेत्रीय अवस्थाबारे छलफल गर्नुका साथै वासिङ्टनसँग सम्भावित युद्धविरामका विषयमा पनि कुराकानी गरेकाे बताइएको छ ।

साथै युरोपेली सङ्घका परराष्ट्र नीतिसम्बन्धी प्रमुखसँग पनि उहाँले परामर्श गरेकाे जनाइएको छ । इरानको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार अराघचीले अमेरिकी तथा इजरायली सैन्य गतिविधिहरूले फारसको खाडी र होर्मुज जलडमरूमध्य क्षेत्रमा असुरक्षा बढाएको बताए । उनले इरानले युद्ध सुरु नगरेको दाबी गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो कडा नीति, धम्कीपूर्ण अभिव्यक्ति तथा उक्साउने कार्यहरू त्यागेमा इरान कूटनीतिक समाधानका लागि खुला रहेको स्पष्ट पार्नुभयो । उनले इरानका सशस्त्र बलहरू कुनै पनि सम्भावित खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको पनि उल्लेख गरे।

साथै, केही क्षेत्रीय देशहरूले कूटनीतिक पहललाई प्रोत्साहन दिँदै तनाव बढ्न नदिन खेलेको ‘रचनात्मक भूमिका’ को प्रशंसा गर्नुभएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरानसहितका विभिन्न सहरहरूमा संयुक्त आक्रमण गरेका थिए, जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, उच्च सैनिक कमाण्डर तथा सर्वसाधारण नागरिकहरूको ज्यान गएको थियो ।

त्यसको जवाफमा इरानले इजरायल र अमेरिकी स्वार्थ केन्द्रित क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो । अप्रिल ८ मा युद्धविराम लागू गरिएको भए पनि त्यसपछि इस्लामाबादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको वार्ता कुनै सहमतिमा पुग्न सकेन । इरानको सरकारी समाचार संस्थाले जनाएअनुसार इरानले नयाँ वार्ता प्रस्ताव पाकिस्तानमार्फत अगाडि बढाएको छ ।