२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

गोकर्णेश्वर मन्दिर क्षेत्रको जग्गा अतिक्रमण हटाउन स्थानीयको माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको जग्गा अतिक्रमण हटाउन स्थानीयको माग
अ अ+ अ-

काठमाडाैँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीयवासी र भक्तजनले माग गरेका छन् । धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर मन्दिर क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना पनि खाली गराउन वर्षौंदेखि भक्तजनले माग गर्दै आएका छन् । मन्दिर क्षेत्रको जग्गा अतिक्रमणले स्थान अभाव भई यहाँ हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा असहज हुँदै आएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ मा पर्ने मन्दिर क्षेत्रको जग्गा अतिक्रमण भएका कारण प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन लाग्ने मेलामा समस्या हुने गरेको छ । यसैगरी, आश्विन कृष्ण पक्ष अर्थात् पितृ पक्षमा पनि गोकर्णेश्वर मन्दिर क्षेत्रमा स्थान अभावकै कारण समस्या हुने गरेको छ । पौष कृष्ण औँसीमा पनि गोकर्णेश्वर मन्दिर क्षेत्रमा हजारौँ भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

यस क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी १४ वटा घर निर्माण भएको वडाअध्यक्ष जयराम महतले जानकारी दिए। मन्दिरमाथि करिब ६५० रोपनी जग्गाको सामुदायिक वन छ । यज्ञडोल (जगडोल) सामुदायिक वनमा हाल राष्ट्रिय सहिद तथा निजामती स्मारक निर्माण भइरहेको छ । मन्दिरसँगै जोडिएको सार्वजनिक जग्गामा बनेका १४ वटा घर पछिल्लो समय सहयोगी माध्यमिक विद्यालयलाई भोगाधिकार दिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।

यो क्षेत्रलाई पहिलेदेखि नै व्यवस्थित बनाउन खोजे पनि हुन सकेको छैन । गोकर्णेश्वर मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणसम्म पनि प्रस्ताव पुगेको थियो । प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीले मन्दिर क्षेत्रको जग्गामा बनेका घर भत्काएर सुन्दरीजल जाने सडक पनि सारेर मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसबेला वडाले सहयोग नगरेका कारण काम हुन नसकेको गोकर्णेश्वर मन्दिर जीर्णोद्धार एवं छाना पुनःनिर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टले बताए। मन्दिर क्षेत्रको जग्गामा घर बनाएकाको अन्यत्र पनि घर जग्गा रहेको वडा कार्यालयले जनाएको छ । अन्यत्र अतिक्रमित घर जग्गा खाली गराइरहेका बेला यहाँका संरचना पनि खाली गरिनुपर्ने स्थानीयवासी र मन्दिरमा दैनिक आउने भक्तजनको गुनासो छ ।