४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

काबुलमा भएको ह’त्याको राष्ट्रसंघद्धारा निन्दा

काबुलमा भएको ह’त्याको राष्ट्रसंघद्धारा निन्दा
अ+ अ-

काबुल । अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिं’सात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।
काबुलमा भएको ब’म ह’मलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको नि’धन भएको थियो ।

उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा ती आक्रमणकारीलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ । आइतबार साँझ एकजना व्यक्तिले राष्ट्रसंघका कर्मचारी यात्रा गरिरहेको सवारी साधनमा हमला गरेको थियो ।

सो हमलामा परी केही कर्मचारीको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए । उक्त हिंसात्मक हमलाको कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीहरुमाथि यहाँ समय समयमा यस्तै हिंसात्मक हमला हुने गर्दछ । जसका कारण यहाँ कार्यरत अमेरिकी तथा नेटो सैन्य र अन्य कर्मचारीहरुको पनि ज्यान जाने गरेको छ ।